• एउटै दृष्टि, भिन्न कोण
  • Search

बजेट भूक्तानी क्रियाकलाप सेवाग्राही मैत्री बनाउ

रोल्पा २०७९ जेष्ठ १७ गते मङ्गलवार

सम्पादकको कलमबाट

विभिन्न कार्यालयमा विकास बजेट भूक्तानी दिदा गरिने ढिलासुस्ती, अनावश्यक दुख दिने बिषय सुनेकै हो ।  गंगादेब गाउपालिका कार्यालयमा पनि सो बिषय देखा परेको छ । कुनै पनि भूक्तानीकोलागि बारम्बार कार्यालय धाउनु पर्ने बिषय उत्पन्न हुनु राम्रो बिषय भने पक्कै होइन। कार्यालयबाट सेवाग्राहीले दु:ख पाइरहन्छ भने त्यहा केही नदेखिएको लुकेको बिषय छ ।

सोमबार गंगादेब गाउपालिकामा देखिएको बिषयले पटक्कै राम्रो संकेत गर्दैन । यहाँ सेवाग्राही मैत्री सेवाको साटो निति-नियमको कुरा गरेर दुःख दिने परिपाटी निम्त्याएको देखिन्छ । परिघटना जे सुकै होस रु २१ हजार मात्र भूक्तानी लिन कार्यालयमा चार-चार पटक पुग्दा किन भूक्तानी हुन सकेन भन्ने बिषय कार्यालयकोलागि सोचनिय बिषय हो । सेवाग्राहीले दु:ख पाएको बिषयले के संकेत गर्छ भने कार्यालयमा सेवाग्राही मैत्री सेवा छैन भन्ने प्रस्ट छ ।

भूक्तानी हचुवाको भरमा गर्ने बिषय होइन, कागजलाइ पैसामा रुपान्तरण गरेर मात्र सरकारी पैसा भूक्तानी गरिन्छ, तर कागजलाई पैसामा रुपान्तरण गर्ने जिम्मेवारी कस्को हो त? यो जिम्मेवारीबाट कोही पञ्छिन मिल्छ? अवश्य मिल्दैन …..। शिक्षित शहरको तुलनामा गाउलाई लिइनु हुदैन, फिल्डमा खटीने प्राविधिक होस या प्रशासन कर्मचारी वा जनप्रतिनिधि होस लेखा सँग सम्बन्धित काम सबैमा  ज्ञान हुन जरुरी छ।

विकास योजना निर्माण गर्दा गुणस्तरिय हुनुपर्छ, गुणस्तरीय योजना निर्माण गर्नकोलागि पटक पटक योजना स्थलमा प्राविधिक तथा समाज परिचालन सहजिकरण गरिनु पर्छ, योजना निर्माण सम्पन्न पश्चात समुदाय स्तरमा नै भूक्तानीकोलागि चाहिने कागतजात, समुदाय स्तरमा बनाउनु पर्ने कागतजात उपयूक्त सहजिकरण गरि तयार गर्ने गर्न लगाउने र प्रक्रियागत हिसावले भूक्तानी माग गर्न सहजिकरण गर्नुपर्दछ ।

यहि बिचमा कतै कम्जोरी हुदा नै सेवाग्राहीले दु:ख पाइरहेका छन। बेरुजु शब्द देखाएर उपभोक्ता तस्राउने काम गरिन्छ, अन्तत कागतजात तयारी गर्न पैसाको साहारा लिन बाध्य हुने परिपाटी सृजना हुन्छ । सजिलो भाषामा भन्दा म यति पैसा दिन्छु मेरो कागत मिलाइ पैसा भूक्तानी देउ, यहाँ कुरा श्रमको होइन घुसमा जोडिन जान्छ । अब भन्नुस त हाम्रो सेवा कसरी सेवाग्राही मैत्री भयो ???

  तसर्थ भूक्तानी दिदा विभिन्न बाहानामा सेवा ग्राहीलाई पटक पटक कार्यालयमा बोलाउनु र आलोचना सुन्नु भन्दा कार्यालयको काम गर्ने प्रक्रियामा एकपटक समीक्षा गर्ने कि? 

गुणस्तरीय विकास योजना निर्माण गर्न, पटक पटक योजना स्थलमा प्राविधिक सहजिकरण, समुदाय परिचालन सहजिकरण, निर्माण योजना सम्पन्न पश्चात समुदाय स्तरमा नै भूक्तानीकोलागि चाहिने कागतजात सहजिकरण, भूक्तानीकोलागि कार्यालयमा प्राप्त कागतजातलाइ तत्काल आवश्य कारवाही गर्ने, प्रक्रियागत हिसावले सोहीदिन भूक्तानी माग सम्बोधन गर्न कहिकतै बाधा देखिदैन।

तसर्थ कार्यालयको सेवा सेवाग्राही मैत्री बनाउ, अनावश्यक नियमका कुरा मात्र गरेर नागरिक त्रसाउने काम नगर, भूक्तानी प्रक्रिया सहज र सेवाग्राही मैत्री बनाउ ………..।। जय आर्थिक बर्ष

प्रतिक्रिया दिनुहोस