लोकतान्त्रिक मुलुकको एउटा सुन्दर पक्ष भनेको नै आवधिक निर्वाचन हो जहाँ जनता जनार्दन हुन्छन् र निर्वाचनको माध्यमबाट मन र मत दुवै दिएर सेवकको रूपमा आफ्नो शासक आफै छनोट गर्दछ्न । निर्वाचित जनप्रतिनिधिले जनताको आवाज सरकार र संसद समक्ष पुर्याउनुको साथै सरकारको बागडोर सम्हाल्ने , विभिन्न निति नियम र कानुन बनाउने काम गर्दछ्न ।
नेपालमा विगत ६५ वर्ष देखि संसदीय निर्वाचनको अभ्यास भइरहेको छ वि. स २०१५ , २०४८ , २०५१ , २०५६ , २०६४, २०७० र नेपालको संविधान २०७२ पश्चात् २०७४ , यी सबै निर्वाचनको इतिहास हेर्दा कुनै न कुनै तथ्य प्राप्त हुन्छ जहाँ राजनीति नेतृत्वले जनमतको आवश्यकता र उद्देश्य जनतालाई प्रष्ट पारेर जनमत प्राप्त गर्दथे ।
तर अहिले वि.स २०७९ मंसिर ४ मा हुनगइरहेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन विगतको निर्वाचनहरु भन्दा फरक छ किनभने जनताले शासन व्यवस्थाको परिवर्तन , राजनीति स्थायित्व र संविधान निमार्णका लागि पटकपटक आफ्नो मत दिइ सकेका छन र यो उपलब्धि पनि हासिल गरि सकेका छन् । अबको नेपालको यात्रा भनेको आर्थिक क्रान्तिको हो प्राप्त राजनीति उपलब्धिको र संविधानको रक्षा गर्दै देशलाई विकास र समृद्धिको ढाेका तर्फ डाेर्याउनु हो । जनताले स्थानीयस्तरमा नै सहुलियत रूपमा गुणस्तरीय शिक्षा र स्वास्थ्यको पहुच खोजिरहेका छन् । हरेक युवा यहीँ देश भित्र स्वरोजगार बन्न चाहिँ रहेका छन् भने प्राविधिक दक्ष जनशक्तिको अभाव छ ।
विकासको आधारभूत पुर्वाधार सडक र विद्युतकाे पहुँच भन्दा बाहिर ठुलो जनसंख्या छ । जलस्रोतको धनी देशमा जनता स्वच्छ पिउने पानी पिउनबाट बन्चित हुनु परेको अवस्था छ । कृषिप्रधान देशमा परनिर्भरता र व्यापारघाटा बढिरहेको छ । भ्रष्टाचार संस्थागत रूपमा नै मौलाएको छ भने भ्रष्टाचारिले राजनीति संरक्षण पाएको प्रष्ट देखिन्छ । यी तमाम समस्याको समाधान गर्न सक्ने नेतृत्व सचेत नेपाली जनताले चाहिँ रहेको स्थानीय निर्वाचनको केही परिदृश्यले जनाइसकेको छ । अहिले नेपाल प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको संघारमा रहेको छ बहुदलीय प्रतिस्पर्धात्मक राजनीति व्यवस्था भएको कारणले विभिन्न राजनीतिक पार्टीका साथै स्वतन्त्र व्यक्तिहरु निर्वाचनमा उम्मेदवार बनेर जनतामाझ जादैछन् ।
निर्वाचनमा होमिदै गर्दा पार्टी र उम्मेदवारहरुले देशको अवस्था परिवर्तनका निमित्त आ आफ्नो प्रतिबद्धता पत्रहरु पनि सार्वजनिक गरि रहेका छन् । र जनतामाझ प्रतिबद्धताको हाेडबाजी नै चलेको अवस्था छ । निर्वाचनको समयमा विभिन्न किसिमका भ्रम र उत्तेजना फैलाउने शक्तिहरु पनि सक्रिय हुन्छन् । यस्तो भ्रम र उत्तेजनाले कहिलेकाही सत्यतथ्य विषयवस्तुहरु पनि ओझेलमा पर्न सक्छन् त्यसैले यो संयमित समयमा जनता सचेत हुन आवश्यक हुन्छ ।
No not again वा once again भन्ने नारा पनि अहिले चर्चामा आइरहेको छ । पटकपटक नेतृत्व गर्ने अवसर प्रदान गर्दै गर्दा पनि अपेक्षित उपलब्धि दिन नसक्दा जनतामा वितृष्णा पैदा हुनु स्वभाविक नै हो जुन अधिकार जनताको हातमा छ । तर यस्तो नाराले असल र इमानदार राजनीतिज्ञ , लोकतन्त्र र राजनीतिक स्थायित्व नहारोस् । विकास , समृद्धि र परिवर्तनका साथै सबै वर्ग क्षेत्रको आवाज नमरोस् । सत्यतथ्य नलुकोस् ।
आफ्नो अमुल्य मतको सहि सदुपयोग गरौ, तपाईंको एकमतले देशको भविस्य बद्लिन सक्छ ।