म पनि सहिद स्मृति विद्यालयकै उत्पादन भएकोे र सहिद स्मृतिमै सेवा गर्ने सु- अवसर पाय ! मैले मेरो जीवनको उर्जाशील समयको केही समय, महान सहिद वेपत्ता, घाइते अपांगपरिवारका सन्ततिहरुको अभिभावकको दाइत्व पुरा गर्नुपर्ने महत्त्वपूर्ण अभिभारा प्राप्त गरे । आज मन अलि बेचैनी भएको छ, कर्मको सिलसिलामा झण्डै ८ महिना व्यतीत गरेको विद्यालयबाट बिछोड हुँदै छु ।
म यहाँ खाली जागीरे बनेर बसिन, अह बस्दै बसिन, म अनेरास्ववियुको पुर्व केन्द्रिय सदस्य र सहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसनको लुम्बिनी प्रदेश अध्यक्ष हुदाहुदै, स्कुलमा वार्डेनको रुपमा प्रवेश गरे। सहिद प्रतिस्ठान नेपाल द्वारा संचालित ५ स्कुल मध्य दाङ ४ वर्ष, पोखरा १ बर्ष र जिरीमा ८ महिना ब्यतित गरे।
मलाई हर बच्चा खास लाग्छ र हुन्छन् पनि, हरेक बच्चा सङ एउटा न एउटा खुबी हुन्छ, त्यसलाई पढाइ र उसले प्राप्त गर्ने नम्बर (प्रतिशत%) संग मात्रै तुलना गर्नु मुर्खता हुन्छ । आज बजारमा डाक्टर देखि कन्डक्टर सम्मको महत्त्व त्यत्तिकै छ। बजारलाई पलम्बर, किसान ,मजदुर र ज्यामी पनि चाहिएको छ, अझ भनौ बजारलाई नेता, डक्टर, वकिल, अनि खेलाडी पनि चाहियको छ । कक्षा ४ देखि कम्प्युटर पढ्ने बच्चाको एसइइ पछिको योजना के छ भन्दा कम्प्युटरको आधारभुत कोर्स गर्ने भन्छन्, जमाना AI को छ, हामि कता अल्झिदै छौं ?
के हामिले दियको शिक्षा साच्चिकै बैज्ञानिक र ब्यबहारिक छ? के हाम्रो शिक्षाले समाजमा चाहिने दक्ष जनशक्ति निर्माण गर्न सकेको छ? यी प्रश्न हरु अनुत्तरित छन! हिजो बुर्जुवा शिक्षा भन्दै जनयुद्ध सुरु गरेका हाम्रा बुबाहरुले गरेको शिक्षाको कल्पना यहि थियो त?
जांदाजादै सम्बन्धित निकायलाई केही सुझाव दिन चाहान्छु ।
१) सहिद प्रतिष्ठान नेपाल:-सहिद स्मृति विद्यालयहरु सहिद प्रतिष्ठान नेपालको संचालनमा साविक ५ विकास क्षेत्रमा संचालित छ्न। प्रतिष्ठानका संस्थापक अध्यक्ष पोष्ट बहादुर बोगटी हामी माझ हुनुहुन्न, उहाँप्रती हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु। त्यसैगरी मा. हितराज पाण्डे, एकराज भण्डारी, कृष्ण सापकोटा र हाल धर्मशिला चापागाईं हुनुहुन्छ ।अध्यक्ष ज्यु तपाई एक सहिद परिवार साथै एक उर्जाशिल नेतृत्व हुनुहुन्छ । आज सहिद स्मृतिमा तपाईंहरुको अभाव महसुस भैरहेको छ लामो समय शिक्षक कर्मचारीको रूपमा रहेका साथीहरू पनि जागीरको खोजीमा भौतारिनुपर्ने अवस्था किन आयो, यस विषयमा गम्भीर भएर सोच्न पर्ने छ। सङ्घीय शिक्षा ऎन टेवल हुने प्रक्रियामा छ ऎनमा यी विद्यालयहरुलाई समेटी नितिगत व्यवस्था हुन जरुरी छ। यसका अलवा भयका जनकम्युन, जनमुक्ति सेना त सक्कायौ, अब जनयुद्धको नासोका रुपमा रहेका यी बिद्यालयको भबिस्य के हुने? गम्भीर प्रश्न तपाईं हामिमाझ छ!
एमाले नभएको मदन भन्डारी बिश्वविद्धालय खोल्दै गर्दा, काङ्ग्रेस वि पि स्वास्थ बिज्ञान प्रतिस्ठान चलाउदै छ। हाम्रो स्कुल चै बन्द हुनुपर्ने कारण के? सहिदका बच्चा सकिय हाम्रो उदेश्य पूरा भयो, भन्ने जस्तो गैरजिम्मेवार जवाफको अपेक्षा तपाईबाट कम्तिमा मलाई चै छैन, यस्तै गर्नु पर्ने कामको फेहरिस्त धेरै छन । अहिले यी काम सम्पन्न गर्ने दायित्व तपाईंको काधमा छ, यी काम सम्पन्न भए भने सहिद, वेपत्ता, घाइते अपांग भुकुम्प पीडित र पिछडिएका परिवारले तपाईंलाई जुनि जुनि सम्झिरहने छन ।
२) विद्यालय व्यवस्थापन समिति:- विद्यालय व्यवस्थापन समिति राजनैतिक नेतृत्वहरुबाट भएकोले बिद्यालयमा आवश्यक पर्ने समय विद्यालयलाई उपलब्ध भएको छैन। विद्यालयमा कार्यरत शिक्षक/कर्मचारीको कार्यसम्पादन मुल्यांकनको व्यवस्था छैन। स्कुलमा team work र प्रयाप्त motivation नभएको भान हुन्छ! यस संस्थाकोलागी कार्यसम्पादन मुल्यांकन फारम अत्यन्त आवस्यक छ, यो नहुदा धेरै शिक्षक कर्मचारीको मन चिडिएको छ भने पेशागत सुरक्षाको पनि समस्या रहेको छ, एवम् बढुवाको तादम्यता मिलेको छैन !
आवासमा १९२ जतिको संख्यामा विद्यार्थी छन, ती विद्यार्थीको रेखदेख प्रशिक्षण र अभिभावकत्व विद्यालय व्यवस्थापन समितिको अझ प्रमुख हो, यो पक्ष पनि छुटेको छ, यसलाई समेटेर जानसके विद्यालय नमूना बन्न समय लाग्ने छैन, किनकि हामीसङ्ग विविधता भित्र पनि समावेशीता भएको सक्षम योग्य र दक्ष विद्यार्थीहरु छन।
३) प्रधानाध्यापक:- सर्वप्रथम यस विद्यालयमा वार्डेनको रुपमा प्रवेश गर्दा बालबच्चाको मन मस्तिष्कमा बस्न सफल पुर्ब प्र.अ स्व.हिराराज दाहाल जो आज हामी माझ हुनुहुन्न, उहाँ प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहान्छु। त्यसपछि लामो समयसम्म प्र.अ.को भुमिका निभाउनु भएको केन्द्रज्योती खड्का सर अहिले हेड सरकै भुमिकामा रहनुभएको छ। तपाईको कार्यकालमा विद्यालयको भौतिक पुर्वाधारले निकै फट्को मार्यो, राम्रा राम्रा योजना बुन्नहुन्छ, ठुला ठुला सपना देख्नुहुन्छ ती सबै कार्यान्वयन हुनसके सुनमा सुगन्ध हुने थियो। बाहिर अवसर पाउँदा नि स्कुल छोड्नुभएन रे! यो संस्थाकोलागी तपाईंको सोच अपरिहार्य छ र म तपाईं सङ्ग माफी पनि माग्न चाहान्छु कि तपाईलाई एउटा सफल प्र.अ.को रूपमा स्थापित गर्न, मैले जे जति गरे, तपाईंको दुरदृष्टी र योजनालाई कति कार्यान्वयन गरे वा गर्न प्रयत्न गरे, खैर जे जति वाचा गरेको थिए त्यो पुरा गर्न समयले साथ दियन ! बिध्यार्थी, शिक्षक, अभिभावक, होस्टेल र विव्यस जोड्दै होसमा हैसे गर्दै अगाडि बढ्नुहोला।
मैले छोड्दै गर्दा प्रशासनको सहायक प्र.अ. मा रहनुभयकी लक्ष्मी मिस यी अबोध बालबालिकालाई माया गर्ने र सम्झाउने विद्यालयलाई प्रसस्त समय प्रदान गर्न सक्ने लुईसको मात्रै आमा न भै सबैको आमा बन्नुहोला। बाहिर नाम निस्किदा पनि स्कुल छोड्नुभयन रे! अहिले सिङ्गो विद्यालयको भाग्य र भविस्य कार्यकारी भुमिकामा रहनुभयका तपाईंहरु वि ब्य स अध्यक्ष, प्रअ र सहायक प्रअ ज्यु हरुको काधमा छ, म तपाईंहरुको बाकी कार्यकालको सफलताको शुभकामना व्यक्त गर्न चाहान्छु ।
४) शिक्षक तर्फ :- शिक्षक साथीहरू मैले वार्डेनको जिम्मेवारी समाल्दै जादा तपाईहरुबाट रचनात्मक सहयोग संगै आलोचना पनि पाए र म ती दुबैको त्यत्तिकै सम्मान गरिरहने छु। शिक्षकलाई कसरी आकर्षण गर्ने, कसरी परिचालन गर्ने त्यो प्रशासनको क्षेत्राधिकार हो, तपाइहरु एउटा शिक्षक मात्र नभई यी अबोध बालबालिकाको एउटा असल अभिभावक पनि भएकोले यी बच्चाको मनोभावना बुझ्दै तपाइका हरेक गतिविधि विद्यालय निर्माणमा होउन् शुभकामना व्यक्त गर्दछु ।
५)किचन स्टाफ तर्फ:- तपाईंहरुले बच्चाहरूलाई रुखो बोल्दा ,समयमा खाना नपाक्दा ,बच्चाहरुको घरमा फोन सम्पर्क गराईदिदा म तपाईहरु सङ रिसाए तपाईहरु पनि म सङ बच्चाले खाना फाल्दा डाईनिङ्मा हल्ला गर्दा रिसाउनु भयो।
६) विद्यार्थी तर्फ:- विद्यार्थी भाइबहिनीहरु यो विद्यालय १० वर्षे महान जनयुद्ध १९ दिने ऎतिहासिक जन आन्दोलन तथा विविध आन्दोलन स्वरुप प्राप्त विद्यालय हो। ती महान सहिदहरुको रक्तरन्जित एतिहास छ यो विद्यालयमा साथै सहिदका अपुरा सपनाहरु साकार पार्ने दायित्व पनि विद्यार्थीहरुकै काधमा छ । विद्यार्थी भाइबहिनीहरु तिमिहरुले अनुशासन र अध्ययन एक रथका दुइ पाङ्ग्रा हुन भनी बुझ्नु । अतिरिक्त क्रियाकलापहरुमा सकृय सहभागीता जनाउनु । विद्यालयलाई नमुना बनाउन सधैं सक्रिय भुमिका खेल्नु ।
म यस विद्यालयमा रहदा के कति गर्न सके सकेन त्यसको मुल्यांकनको सम्पूर्ण जिम्मा तिमिहरुलाइ नै छोडिदिए। मैले विद्यार्थी भाइबहिनीहरुलाइ कहिले पनि बिर्सने छैन। यति भन्दै गर्दा तिमिहरुले मलाई एउटा प्रश्न पक्कै गर्छौ। तपाईंले हामीलाई किन छाडेर गएको? के अहिले नै जान जरुरी थियो? म अहिले यत्ति भन्छु कि म सङ्ग अहिले आदर्श र अग्रजको सान्त्वना मात्र बाकी रह्यो अझ भनौं म स्वयंकोलागि पनि यो प्रश्न अनुत्तरित छ। यो निर्णयले म स्वयं नि सन्तुष्ट छैन।
भाइबहिनीहरु अहिले समाज पश्चिमा संस्कारको सिकारले सबै व्यक्तिहरु स्वार्थी भैसकेको अबस्था छ, यो संगै तिमिहरुलाइ विचार र भावनामा रहेर माया गर्ने मान्छेको अभाव पक्कै हुनेछ, तर तिमिहरुले आफ्नो आस्था विचार र धरातललाई कदापि नभुल्नु ! अन्ततः भाइबहिनीहरु विद्यालयमाको पात्र छ छैन महत्त्वपूर्ण होइन, महत्त्वपूर्ण त्यो हो विद्यालयमा हुने हरेक क्रियाकलाप विद्यालयको हितमा छ कि छैन? त्यसको निगरानी संगै खबरदारी पनि गर्नु। आवासमा ठुला भाइबहिनीहरुले साना नानिबाबुहरुलाइ माया गर्नु भन्दै तिमीहरुको उज्ज्वल भविस्यको कामना गर्दछु ।
अन्ततः विद्यालयमा छ्दा सदैव हौसला प्रदान गर्नुहुने आदरणीय अभिभावक ज्युहरु, नेता ज्यु,राजनैतिक मित्रहरू र संगठनका प्रिय मित्रहरूमा हार्दिक कृतज्ञता ज्ञापन गर्दछु। सहिद स्मृतिमा आईसकेपछी छोड्नै मन नलाग्ने परिस्थितिको सृजना होस् सुभकामना दिन चहान्छु। विद्यालयलाई स्थायित्व प्रदान गर्ने विषयमा सबै नेतृत्वको ध्यान जावस, संस्थाको हरेक सुख दुःखमा म सधैं साथमा रहने नै छु, आज भारी मन सहित निस्कदै छु। मन तरङ्गीत भएको छ, मैले संस्थालाई कति गर्न सके सकेन त्यो समिक्षाको विषय सबै सरोकारवालाले बताउनु हुनेछ, जति गरेको छु आफ्नो क्षमताले गरे !कुनै छ्ल कपट नराखी गरे भन्ने नै मेरो आफ्नो बुझाइ छ।
कुराहरू धेरै छन मनमा अनगिन्ती पिडाहरु छ्न तथापि सबै व्यक्त गर्न सम्भव भएन आजको दिनसम्म जसरी सृजनशील भएर काम गर्ने अवसर प्राप्त भयो यसकालागि विद्यालय व्यवस्थापन प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु। स्वतन्त्र तरिकाले होस्टेल चलाउने अवसर दिनुभयकोमा केन्द्र सरप्रती नतमस्तक छु। मैले यहाँ आफ्नो परिवार पायको थिय। मेरो अभिभावकको भुमिका खेल्नुभयकोमा लक्ष्मी र भिम सर! गुरुको भुमिका खेल्नुभयकोमा प्रकाश सर , केन्द्र सर, साथीहरूको रोल खेल्नुभयकोमा तेज, सपन, संगीन, सुन्दर, संगीता, निर्मला, सिताराम,साउथ,हस्त ,फुर्णिामा! काम भयन है, बच्चाहरुले निगरानी पायनन भन्दै झक्झ्काउने लक्ष्मी, अनि देवि मिस तपाईहरुको खबरदारी बच्चाहरुको हितकोलागि थियो/ छ! यसलाई निरन्तरता दिनुहोला।
दाइ र दिदीको रोलमा दोर्जे, ङावा, सरस्वती, मेनुका, सजिता मैति दिदी, भाईबहिनी र छोराछोरीको रुपमा तिमी नानिबाबुहरु सबैलाई दर्जा अनुसारको सम्मान अनि मनभरिको माया वार्डेनको जिम्मेवारीमा रहेर यहाँसम्म आइपुग्दा कहिँ कतै चोट पुग्न गएको भए पनि त्यो विद्यालयको हक हितकोलागि हो भन्ने बुझिदिनुहुनेछ भन्ने आसा लिएको छु । भन्दै तपाईहरु सबैमाझ बाट केही वर्षलाई ओझेल पर्ने अनुमती माग्दै बिदा हुन्छु तपाईहरु सबैको दिन सुभ रहोस् भविस्य उज्ज्वल बनोस् । धन्यवाद
लेखक- गंगादेब गाउपालिका-३ निवासी सहिद दुर्गाप्रसाद ओलीका छोरा हुन !