यो शिक्षा त्रिवि दीक्षितहरुमा प्रयोग भयो कि नाइँ , देशका लागि त्रिविको शिक्षा उपयुक्त छ ?
आजको युग विज्ञान र प्रबिधिकाे युग हो। आज विश्व एकआपसमा प्रतिष्पर्धाकाे हाेडमा छ। विश्व परिवर्तन गर्ने, देश परिवर्तन गर्ने तथा सामाज परिवर्तन गर्ने प्रमुख शक्ति भनेको शिक्षा हो। पुरातनवादी साेचकाे शिक्षा,भजनशैलीकाे शिक्षा वैज्ञानिक र व्यबहारिक शिक्षाको लागि उपयुुक्त हुदैन अझ भनाैँ भने सामाजवाद, लाेकतान्त्रिक मूल्य मान्यता र पद्धतिका लागि उपयुक्त हुदैन। संसारमा विकसित भनाउँदा देशहरूमा शिक्षामा नविनतम् शैली, वैज्ञानिक प्रणाली र विभेद रहित शैक्षिक पद्धतिको विकास भएको छ। हाम्रोजस्तो गरिब र अल्पविकसित देशहरूमा भने पुरातनवादी शिक्षाले जराे गाडेकाे छ। के नेपालको शिक्षा विश्वमा प्रतिष्पर्धा गर्न याेग्य छ? के नेपालको शिक्षा नेपाली जनताको आधारभुत आवश्यकता परिपुर्ति गर्ने प्रकारको छ? के नेपालको शिक्षाले संघियता समावेशीकरण, लाेकतान्त्रिक शासन प्रणाली जस्ता मुद्दाहरु समाधान गर्न सक्छ त? गम्भीर रुपमा साेच्नुपर्ने बेला भएको छ ।
अहिलेकाे सैद्धान्तिक शिक्षा कति हदसम्म राख्ने भन्ने प्रश्न उब्जिएको छ। १० वर्षे जनयुद्धमा जनवादी शिक्षा लगाउनेहरु कता जानुभएछ, लागिराथ्याे उहाँहरू सरकारमा पुग्नु भयो भने जनवादी , वैज्ञानिक र व्यबहारिक शिक्षा आउँछ त्यसपछि नेपाल परिवर्तन हुन्छ देश परिवर्तन हुन्छ र देशबाट उहाँहरुले भनेको बुर्जुवाशिक्षा सधैंका लागि हराउँछ। खै! उहाहरु कताकाे सरकारमा कुन ठाउँमा पुग्दै हुनुहुन्छ? हामी किसान, मजदुर, दलित, पिछडावर्गहरु दुईचार अक्षर पढ्दै गर्दा "बुर्जुवा शिक्षा" नाम दिएर किताब च्यात्न र बन्दुक बाेक्न सिकाएको होइन र! उहाँहरुले हामीलाई भर्याङ बनाएर कुन तलामा पुग्नुभयाे हाेला थाहा छैन! हामी चाहि उहाँहरुले च्यात्न लगाएका पाना हरु सिउदै बालबच्चाहरुलाई उहि बुर्जुवा शिक्षा सिकाउदै छाैँ। अब सुतेका युवाहरू हो, पाना च्यात्तिएका विद्यार्थी साथीहरू हो, बुर्जुवा शिक्षा पढ्न हुदैन, हामी जनवादी शिक्षा ल्याउछाै भनी हामीलाई छलेर त्यहीँ शिक्षा बाट मन्त्री, ठुलाबडा तथा बिद्वान कहलिनेहरुलाई एउटा गतिलो जवाफ दिने बेला भएको छ।
अब कुरा रह्यो, शिक्षाकाे वर्तमान परिवेशकाे...। वर्तमानकाे शिक्षा प्रणाली बुर्जुवा हो, भेदभावी हो तथा भजनरुपी पनि हो। पहिले जनयुद्धको समयमा जे कुरा उठाईयाे जायज थियो। त्यसले निरन्तरता पाउन सकेन । निरन्तरता पाउन नसकेको कारण बुर्जुवा रुपि विद्वानहरुले गर्दा हो । शिक्षा वैज्ञानिक हुनुपर्छ, शिक्षा प्रजातान्त्रिक हुनुपर्छ र शिक्षा जनमुखी हुनुपर्छ। हामी विकासकाे कुरा गर्छौ । विसङ्गति र विकृतिका कुरा गर्छौ अथवा भनाैँ कि सरकारमा रहेका जिम्मेवारी व्यक्तिहरुले देश निर्माणको कुरा गर्नुहुन्छ । शिक्षाको परिवर्तन हुने कुरा सुनिदैन, समानताकाे कुरा सुनिदैन ।सरकारकाे शिक्षामा उदारीकरण र सर्बजानिकरणका कुरा सुनिदैन, बरु व्यावसायिकरण , पहुँचिकरण र भ्रष्टिकरणले प्रशय पाएकाे छ । हिजोका जनवादी र वैज्ञानिक शिक्षाका बुलन्दकर्ता आज आएर बुर्जुवा र भ्रष्टिकरण शिक्षाको ठेकेदार भएका छन् । शिक्षामा व्यापार भईरहेकाे छ । शक्तिमा भएका , धनाड्यवाला पहुँचवालाहरुका छाेराछाेरी नेपाल सरकारको छात्रवृत्तिमा विकसित देशहरूमा अध्ययन गरिरहेका छन् , दुईचार वर्षपछि हामी सुन्छाैँ, अमेरिका पढ्याे त्यहाँ पढेको नेपालमा के काम उहीँ नाम निकालेर पनि जागिर गर्छ ,मलाई पनि भ्रमणमा निम्ता गरेको छ रे । वाह!वाह!! हाम्रो देशको शिक्षा र शैक्षिक छात्रवृत्ति! यहीँ हो नेपालको वैज्ञानिक शिक्षा, यहीँ हो नेपालको प्राविधिक र जनवादी शिक्षा ?? अब कुरा, दाेश्राे शिक्षाको विमति शैली : देशमा किन दुईवटा शिक्षा प्रणाली छ? सरकारले सबैलाई एकै किसिमको शिक्षा दिन सक्दैन र, शिक्षाका लागि व्यापारीक पसलहरु खाेल्नुदिनुपर्छ र ?
नेपाल एक कृषि प्रधान देश हो । यहाँ संसारमा फल्ने सबै प्रकारका अनाज तथा फलफूल फल्छन् । नेपाल हिमालयन देश हो । यहाँ पर्वतारोहणकाे राम्रो सम्भाव्यता छ । नेपाल प्राकृतिक रुपमा विश्वमा अग्रणी देश हो । यहाँ जलविद्युत् सगै जल व्यावसायका लागि उत्तम छ । नेपाल ओैद्याेगिक रुपमा पनि धेरै सम्भावना बाेकेकाे देश हो । तसर्थ , नेपाली परिवेशकाे , यहीँकाे जनजिविका सुहाउँदो र सबै वर्गलाई समानता हुने शैक्षिक प्रणालीको विकास गर्न सकिन्छ । अहिलेकाे सैद्धान्तिक शिक्षा हटाउनुपर्छ भनेको पनि होइन तर शिक्षामा ७५% प्रायक्टिकल र २५% सैद्धान्तिक बनाउन सकिन्छ । संघियता, गणतन्त्र , समाजबाद जस्ता नविनतम् प्रणालीको कार्यान्वयन गर्न देशका निजी बाेर्डिङहरु र प्राविधिक शिक्षालयहरु सरकार मातहत नि: शुल्क र अनिवार्य रुपमा सरकारद्वारा सञ्चालन गर्न सकिन्छ । सरकारी शिक्षा ऐन तथा निति मार्फत सबै जनताको छाेराछाेरीलाइ वैज्ञानिक तथा प्राविधिक शिक्षा नेपालकाे परिवेशमा विकास गरेर पहुँच र निःशुुल्करुपमा वितरण गर्न सकिन्छ । शिक्षामा वैज्ञानिक र समानताले प्राथमिकता पायो भने सबैले आफ्नो जन्मभूमिकाे आभाष गर्ने छन । काेहि पनि विदेशमा पसिना बगाउन पर्नेछैन । सबैले स्वदेशमा सरकारको जागिर पाउने छन् । अहिलेजस्तो १० वटा पदमा विज्ञापन खुलाएपछि २० हजारले फारम भर्छन त्यस्तो स्थिति आउनेछैन । त्यसकारण, अब शिक्षामा प्रविधियुक्त वातावरण , नेपाली परिवेश , सर्वसाधारणको पहुँचयाेग्य , एकै प्रकारको नि:शुल्क र स्वदेशमा राेजगारी सिर्जना हुने वातावरणकाे विकास गर्नुपर्छ । तबमात्र नेपालकाे शिक्षाले विश्व प्रतिष्पर्धा गर्न सक्छ । नेपाल अन्य देशका लागि शैक्षिक गन्तव्यको केन्द्र बन्नेछ र जनमुखी शिक्षाले सार्थकता पाउँछ ।