• मुख्य समाचार
  • Search
मुख्य समाचार

देउखुरी सौन्दर्यकरणको नाममा रुख कटान: राप्ती गाउँपालिका अध्यक्ष विष्टसहित ८ जना दोषी ठहर

२०८२ पुष ८ गते मङ्गलवार

लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरीको सौन्दर्यकरणका नाममा पूर्व–पश्चिम राजमार्ग क्षेत्रभित्रका रुखहरू अवैध रूपमा काटिएको मुद्दामा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टसहित ८ जना दोषी ठहर भएका छन्। दाङ जिल्ला अदालतले उक्त मुद्दाको सुनुवाइ गर्दै अध्यक्ष विष्ट, तीन जना वडाध्यक्षसहित आठ जनालाई दोषी ठहर गरेको हो।