• अध्यादेश
  • Search
अध्यादेश

दल विभाजन बनाउन ल्याइएको अध्यादेश राष्ट्रपतिद्वारा खारेज

२०७८ असोज ११ गते सोमवार

राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गरेकी छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा सोमबार राष्ट्रपति भण्डारीले राजनीतिक अध्यादेश खारेज गरेकी हुन् । राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै संविधानको धारा ११४ को उपधारा २ को खण्ड ‘ख’बमोजिम अध्यादेश खारेज गरिएको जानकारी दिएको छ ।