• निर्वाचन
  • Search
निर्वाचन

यी ४ वटा प्रदेशमा पहिलो र ३ वटामा दोस्रो चरणमा निर्वाचन हुदै

२०७८ असार २२ गते मङ्गलवार

सरकारले आगामी कार्तिक र मङ्सिरमा गर्ने गरी घोषणा गरेको निर्वाचन पहिलो चरणमा चार प्रदेश र दोस्रो चरणमा तीन प्रदेशमा गर्ने तयारी गरेको छ। निर्वाचन आयोगसँगको पटक पटकको छलफलपछि सरकारले चार वटा प्रदेशमा पहिलो र तीन वटा प्रदेशमा दोस्रो चरणमा निर्वाचन गर्ने गरी तयारी गरेको हो।