• मन्त्रिपरिषद
  • Search
मन्त्रिपरिषद

मन्त्रिपरिषद् पुनर्गठन गर्ने नेकपाको निर्णय

२०७७ असोज ४ गते आइतवार

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद् पुनर्गठन हुने पक्का भएको छ। तर, को–को हट्ने, को–को मन्त्री बन्ने भन्ने छलफल हुन बाँकी नै छ। पार्टी कार्यालय पेरिसडाडाँमा आइतबार बसेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा नेताहरु सरकारलाई प्रभावकारी बनाउन मन्त्रिपरिषद् पुनर्गठन गर्ने निष्कर्षमा पुगेका हुन्।