२०७९ माघ २६ गते बिहिवार
दाङको तुलसीपुर उपमहानगरपालिका– ७ मा रहेको राप्ती शान्ति उद्यान पर्यटकीय केन्द्र बन्दै गएको छ । द्वन्द्वकालमा शान्तिको सन्देश दिने उद्देश्यले स्थानीय गणेश सामुदायिक वन समुहका उपभोक्ता, यस क्षेत्रका बुद्धिजीवी, व्यापारी, नागरिक अगुवा र सरकारी निकायको पहलमा त्यहाँ राप्ती शान्ति उद्यान निमार्ण गर्ने निणर्य गरिएको थियो