२०८१ मङ्सिर २५ गते बुधवार
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत मंगलबार चरिकोटमा सम्मानित हुनुभएको छ । पत्रकारितामार्फत लामो समयदेखि जनअधिकारको पक्षमा काम गरेको भन्दै उहाँलाई सम्मान गरिएको हो । दोलखाको पुरानो र ठूलो शैक्षिक संस्था गौरीशंकर बहुमुखी क्याम्पसले आफ्नो वार्षिकोत्सबको दिन पारेर युवा पत्रकार बस्नेतलाई सम्मान गरेको हो ।