• एउटै दृष्टि, भिन्न कोण
  • Search

विवेकशील साझाले मधेसका समस्या र गुनासो बुझ्न ‘मधेस मन्थन’ चलायाे

२०७५ फाल्गुन २६ गते आइतवार

विवेकशील साझा पार्टीले मधेसका समस्या र गुनासो बुझ्न सिरहाको लहानमा ‘मधेस मन्थन श्रृंखला’ आयोजना गरेको छ। कार्यक्रममा स्थानीय वुद्धिजीवी तथा मधेस मामिलामा चासो राख्ने व्यक्तिहरू उपस्थित थिए।

‘अबको यात्रा विकास, समृद्धि, सुशासनको समाज निर्माण हो। त्यसको लागि मधेस बुझनुपर्छ,’ कार्यक्रममा विवेकशील साझा पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले भने, ‘मधेसको सही भावना बुझ्न हामी यो यात्रामा आएका छौँ।’

हुलाकी सडकको काम देख्दा आफूलाई ग्लानी भएको उनले सुनाए। ‘सबै नेताले भाषणमा हुलाकी सडकको कुरा गर्छन् तर काममा गति देखिएन। सडकमा २ वटा मेसिन र ३/४ जना कामदारले काम गर्दैछन्,’ उनले भने, ‘देशमा हामीले वर्षेनी सिभिल इन्जिनियर उत्पादन गर्छौँ तर उनीहरु यहाँ काम पाउँदैन। विदेश पलायन बढेको छ।’

प्रतिक्रिया दिनुहोस