ओली सरकार र सीके रावतबीच भएको ११ बुदे सहमति विरुद्ध देशभर विरोध भैरहेको बेला पुर्वराजा ज्ञानेन्द्र शाहको व्यापक चर्चा चुलिएको छ ।
सरकार र सीके रावतबीचको सहमति राष्ट्रियता विरोधी भएको भन्दै मुलुकमा विरोध र आक्रोश छाउनु तथा सम्झौताको मसि सुक्न नपाउदौ तराईमा सीके समर्थकले मधेस छुट्टै देश भएको नारा र प्रचार गरिरहेका बेला पुर्वराजा शाहको तराइ भ्रमणमा मधेसमा उल्टो परिदृश्य देखिएको छ ।
सरकारसँग ११ बुँदे सम्झौता गरेलगत्तै मधेस झरेका सिके राउत र उनका समर्थकका गतिविधिहरु एकाएक सेलाएका छन् भने पूर्वराजा शाहको भ्रमणको समर्थक र स्वागतमा व्यापक चहलपहल भएको छ ।
पुर्वराजाको व्यक्तिगत तथा धार्मिक भ्रमणको स्वागत सत्कार र उनको स्वागत सत्कारका लागी तराईमा निकै ठूलो तयारी भएको छ । ढल्केबर र महेन्द्रनगरबाट जनकपुर प्रवेश गर्ने ठाउँ–ठाउँमा पूर्वराजाको जयजयकार गर्दै ब्यानर तथा होर्डिङबोर्ड लगाइएका छन् ।

तस्बिर: पुर्बराजा ज्ञानेन्द्र शाहकाे हाे।