• एउटै दृष्टि, भिन्न कोण
  • Search

महासचिब – बिष्णु पौडेललाई निलम्बन गर्नुपर्छ !

२०७६ बैशाख ४ गते बुधवार

काठमाण्डूको बालुवाटारस्थित सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरिएको बहुचर्चित प्रकरणमा मुछिएका सत्ताधारी नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेललाई निलम्बन गर्नुपर्ने माग उक्त दलकै नेताले गरेका छन्।

नेता भीम रावलले प्रारम्भिक रूपमा महासचिवबाट गल्ती भएको उनले बुझेको सङ्केत दिएका छन्। तर उनले त्यसबारे थप तथ्यहरू सङ्कलन गरिरहेको जानकारी दिए।

महासचिव पौडेलले सरकारी जग्गा आफ्नो परिवारको सदस्यले किनेको स्वीकार गरेका छन्। तर उनले त्यो जग्गा व्यक्तिबाट किनेको बताएका छन्।

सांसद समेत रहेका केन्द्रीय सदस्यले मेटमणि चौधरीले बीबीसी नेपाली सेवासँग कुरा गर्दै छानबिन सहज बनाउन पौडेल स्वयंले पदत्याग गर्नुपर्ने अन्यथा पार्टीले निलम्बन गरेर छानबिन गर्नुपर्ने बताएका हुन्।

बाँकी समाचार

प्रतिक्रिया दिनुहोस