• एउटै दृष्टि, भिन्न कोण
  • Search

नेकपाका नेतृ पक्राउ

२०७६ बैशाख ११ गते बुधवार

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीकी एक नेत्री रुपन्देहीमा पक्राउ परेकी छन् । रुपन्देही जिल्ला सदस्य तथा महिला संगठनकी केन्द्रीय सदस्य कल्पना सुवेदीलाई प्रहरीले पक्राउ गरेको हो।

देवदहस्थित निवासबाट प्रहरीले उनलाई पक्राउ गरेको हो। सुवेदी रुपन्देही जनसरकार प्रमुख शिशिरकी श्रीमतीसमेत हुन्।

रुपन्देहीका प्रहरी प्रमुख एसपी हृदय थापाले उनलाई नियन्त्रणमा लिएको जानकारी दिए। पक्राउ परेकी सुवेदीलाई अहिले जिल्ला प्रहरी कार्यालय, भैरहवामा राखेर अनुसन्धान भइरहेको एसपी थापाले बताए। प्रतिबन्धपछि सो पार्टीका २ सय भन्दा धेरै नेता तथा कार्यकर्ता पक्राउ परिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस