काठमाडौं । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले सम्बोधन गरिरहेको सभानजिक बम बिस्फोट भएको छ ।
मुख्यमन्त्री पाखरेलले रोल्पाको लिवाङ बजारमा आयोजित सभामा संबोधन गरिरहेकै बेला नजिकै बम बिस्फोट भएको हो ।
सभास्थलभन्दा करिव एक किलोमिटर पर तितरी जैगलमा बाल्टिन बम बिस्फोट गराइएको जानकारी प्राप्त भएको छ । बिस्फोटनबाट जीउधनको कुनै क्षति नभएको प्रहरीले जनाएको छ ।
मुख्यमन्त्री पोखरेलको सभा विरुद्ध बम बिस्फोटन गराइएको हुन सक्ने अनुमान गरिएको छ ।