रुकुम । विप्लव नेतृत्वको नेकपाका एक कार्यकर्तालाई पक्राउ गर्न प्रहरीले दुई राउन्ड हवाई फायर गरेको छ ।जिल्लाको चौरजहारी नगरपालिका–५ सल्लाबोटबाट नेत्रविक्रम चन्द विप्लव निकट कार्यकर्ता पक्राउ गर्न प्रहरीले हवाइ फायर गरेको हो ।
युवा संगठनका जिल्ला अध्यक्षसमेत रहेका डिल्लीराज शर्मालाई पक्राउ गर्न हवाइ फायर गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ ।
२०८३ बैशाख ८ गते मङ्गलवार

