• एउटै दृष्टि, भिन्न कोण
  • Search

केपी ओली सरकार असफल भइसकेको छ

२०७६ जेष्ठ ७ गते मङ्गलवार

२०६३ वैशाखमा शान्ति प्रक्रिया र निर्वाचनको खुड्किलोबाट संविधानसभा हुँदै केही समयका लागि प्रधानमन्त्री बने पनि डा. बाबुराम भट्टराईको राजनीति विकल्पको खोजीमा एउटा निरन्तर यात्रा जस्तो बन्न पुगेको देखिन्छ।

केपी ओली नेतृत्वको सरकार निरन्तरताको सरकार मात्रै हो । फरक केही पनि हुन सकेन र छैन बहुदलीय, पञ्चायतकाल या अन्तरिम सरकार भन्दा । अस्थिरताका बेला सरकारले जे गरेको थियो अहिले पनि त्यही नै काम भएको छ । जवकी यो सरकारलाई बहुमतको साथ थियो।

गुणात्मक ढंगले काम गर्ला, छिटो काम गर्ला या राष्ट्रिय तथा अन्तराष्ट्रिय पूँजी परिचालन गर्ला भन्ने थियो त्यो भएन। वास्तवमा यो सरकार असफल ठहर भइसक्यो।

प्रतिक्रिया दिनुहोस