• एउटै दृष्टि, भिन्न कोण
  • Search

भारतकम मोदीको पार्टी ४ गुणाले अगाडि

२०७६ जेष्ठ ९ गते बिहिवार

भारतमा लोकसभा निर्वाचनको मतगणना शुरु भएको छ । मत गणना बिहिबार बिहानै शुरु भएको हो । परिणाम आजै टुंगिने अपेक्षा गरिएको छ । मतगणनाको प्रारम्भिक नतिजामा भारतीय जनता पार्टीको गठबन्धन एनडिएले ४ गुणाले अग्रता पाएको छ । एक्जिट पोल रिपोर्टले नरेन्द्र मोदीले भारी बहुमत ल्याउने र पुन सरकार बनाउने बताएको छ ।

बिहान पौने नौ बजेको मतगणना परिणाम अनुसार एनडिए गठबन्धन ३६ कांग्रेस आई गठबनधन युपिए ९ र अन्य ३ सिटमा अगाडि देखिएका छन् । भारतमा १७ औं लोकसभा गठनको लागि ५ सय ४२ सिटको लागि निर्वाचन भएको थियो ।

प्रतिक्रिया दिनुहोस