भारतीय लोकसभा निर्वाचनमा २ स्थानबाट उम्मेदवार बनेका भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धी एक स्थानमा पछि परेका छन् ।
मतगणनाको प्रारम्भिक गणना आइरहँदा राहुल अमेठी क्षेत्रमा परेका हुन् । उनलाई नायकिा स्मृति इरानीले पछि पारेकी हुन् । आजतकका अनुसार पछिल्लो परिणाममा राहुल स्मृतिभन्दा २ हजार मत कम ल्याएर दोस्रो स्थानमा छन् ।
अमेठीको प्रारम्भिक गणनाको नतिजा राहुलको पक्षमा नदेखिए पनि केरला राज्यको यायनाड निर्वाचन क्षेत्रमा राहुललाई अग्रता मिलेको छ ।
प्रारम्भिक गणनामा भारतीय जनता पार्टीका अध्यक्ष अमित सिंहले भने लिड गरेका छन् । गजुरातको गान्धीनगर क्षेत्रबाट उम्मेदवार बनेका उनले अग्रता लिइरहेको टाइम्स अफ इन्डियाले जनाएको छ ।