• एउटै दृष्टि, भिन्न कोण
  • Search

मन्त्रीको ढंग नपुग्दा विधेयक फिर्ता !

२०७६ जेष्ठ १० गते शुक्रवार

संविधान, कानुन, संसदीय अभ्यास र संसदका दुवै सदनको नियमावलीका बारेमा जानकार हुनुपर्ने कानून न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालको लापरवाहीका कारण प्रमाणीकरणको लागि राष्ट्रपतिसमक्ष पेश भएको राहदानी दोश्रो संशोधन विधेयक फिर्ता भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले प्रमाणित गरी प्रमाणीकरणको लागि पठाएको राहदानी सम्बन्धी विधेयक संविधान बमोजिम कानून प्रकृया नपुर्याएको भन्दै फिर्ता गरेकी हुन् ।

नेपालको संविधानको धारा १११ को उपधारा ९५० मा प्रतिनिधिसभाबाट पारित भइ राष्ट्रिय सभामा प्राप्त भएको २ महिना भित्र पारित गरी वा सुझावसहित फिर्ता पठाउनु पर्छ भनिएको छ । तर, राहदानी सम्बन्धी विधेयक कानूनमन्त्री ढकालले राष्ट्रिय सभाको दोश्रो अधिवेशन अन्त्य हुने दिन २०७५ साल असोज ११ गते प्रतिनिधि सभाबाट पठाइएको थियो ।

संसदको तेश्रो अधिवेशन सकिएको दुई महिनापछि मात्र तेश्रो अधिवेशन शुरु भएको थियो । यसरी संविधान बमोजिम २ महिनाभित्र राष्ट्रियसभाले अधिवेशन नै नभएको बेला राहदानी विधेयक पारित गर्न वा सुझावसहित फिर्ता गर्न सक्ने अवस्था नै भएन ।

त्यसपछि कानूनमन्त्री ढकालले संविधानको धारा १११ को उपधारा ५ को अपव्याख्या गर्दै २ महिनासम्म पनि राष्ट्रियसभाले सो विधेयक फिर्ता नगरेमा प्रतिनिधिसभाले बहुमतको आधारमा पारित गरी संसदको तेश्रो अधिवेशनबाट पारित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस