• एउटै दृष्टि, भिन्न कोण
  • Search

घमण्ड पलाए भारतीय वामपन्थीको हालत हुन्छः नेपाल

२०७६ जेष्ठ १० गते शुक्रवार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीले प्राप्त गरेको उपलब्धीलाई जोगाई राख्न कार्यकर्तालाई निर्देशन दिएका छन्। कार्यकर्तामा घमण्ड पलाएमा भारतको वामपन्थी आन्दोलनको हालत हुने भन्दै सचेत रहनुपर्ने उनले बताए।

भारतमा भर्खरै सम्पन्न निर्वाचनमा वामपन्थी शक्तीले एउटा पनि सिट ल्याउन सकेन, वामपन्थी आन्दोलन कसरी ध्वस्त हुन्छ भन्ने कुराको पाठ भारतबाटै सिक्न सकिनछ,’ नेपालले भने ‘नेता, कार्यकर्तामा घमण्ड, लोभ लालच, राज्य शक्तिको दुरुपयोग र आलोचना सुन्न नसक्ने प्रवृत्ती बढ्दै गए कम्युनिष्ट आन्दोलन सकिन समय लाग्दैन। पार्टी नेतृत्वप्रति संकेत गर्दै उनले नेताले घमण्ड नगरी जनताले दिएको जिम्मेवारी पुरा गर्नुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस