• एउटै दृष्टि, भिन्न कोण
  • Search

हिन्दु राष्ट्र बनाउने अभियान चलाउनुस्, कांग्रेस साथमा छ !

२०७६ जेष्ठ ११ गते शनिवार

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका महामन्त्री डा।शशांक कोइरालाले नेपाललाई हिन्दु राष्ट्र बनाउने अभियान सञ्चालन गर्न आग्रह गरेका छन् । पर्वतमा आयोजित महायज्ञमा महामन्त्री कोइरालाले हिन्दु राष्ट्रका लागि आफ्नो साथ सहयोग रहने बताएका हुन् । धर्म स्वतन्त्र हुनुपर्छ । न सापेक्ष न निरपेक्ष । धर्म स्वतन्त्रताको कुराहरु हामी गर्छौँ । तपाईंहरुलाई हिन्दु राष्ट्र हुनुपर्छ भन्ने लाग्छ रु लाग्छ भने तपाईंहरु लाग्नुस् हामी तपाईहरुको साथमा छौं ।

उनले धर्मनिरपेक्षता खारेजीका लागि अभियान चलाउनुपर्ने भन्दै त्यसमा आफूले साथ दिने पनि बताए । काँग्रेसको महामन्त्रीको हैसियतले भन्दै छु । हाम्रो पार्टीको झण्डामा रहेका चार तारामध्ये एउटा ताराको अर्थ धर्म स्वतन्त्रता हो । नेपाली काँग्रेस धार्मिक स्वतन्त्रतामा विश्वास गर्छ । धर्म न सापेक्ष न निरपेक्ष, स्वतन्त्र हुन्छ,’ उनले भने ।  आफ्ना हजुरबुबाले विराटनगरमा घर बनाउनुअघि मन्दिर बनाएको बताउँदै उनले आफू हिन्दु संस्कारबाट आएको बताए ।

प्रतिक्रिया दिनुहोस