• एउटै दृष्टि, भिन्न कोण
  • Search

पीएस गोले सिक्किमको छैटौं मुख्यमन्त्री !

२०७६ जेष्ठ १२ गते आइतवार

गान्तोक । अन्तत: सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीका अध्यक्ष प्रेमसिंह तामाङ (गोले) सिक्किमको छैटौं मुख्यमन्त्री बन्ने निश्चित भएको छ। राज्यपाल गङ्गा प्रसादले एसकेएम पार्टीद्वारा सरकार गठन गर्न पेश गरिएको प्रस्तावलाई स्वीकार गरेका छन्।

एसकेएम अध्यक्ष गोलेको नेतृत्वमा निर्वाचित सदस्यहरूको एक टोलीले शनिबार राज्यपाललाई राजभवनमा भेटेर प्रस्ताव पेश गरेको थियो। राज्यपाल प्रसादले आइतबार एसकेएम पार्टीको उक्त प्रस्तावलाई स्वीकार गरेका छन्।

प्रतिक्रिया दिनुहोस