• एउटै दृष्टि, भिन्न कोण
  • Search

गणेश तिमिल्सिनाको भूमिकामा महराको शंका !

२०७६ जेष्ठ १२ गते आइतवार

राष्ट्रपति विद्यादेवी भण्डारीले राहदानी सम्वन्धि विधेयक प्रमाणीकरण नगरी फिर्ता पठाएको घटनालाई लिएर सभामुख कृष्णबहादुर महराले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको भूमिकामाथि आशंका गरेका छन् । प्रतिनिधिसभाले असोज ११ गते राष्ट्रिय सभामा पठाएको साता महिना सात दिनपछि मात्र प्रतिनिधि सभामा फिर्ता पठाएको थियो । विधेयक पठाएको सात महिनासम्म राष्ट्रिय सभाले किन पारित गरेन भन्दै महराले तिमल्सिनाको भूमिका माथि आशंका गरेका हुन् ।

राष्ट्रिय सभाले सो विधेयक दोश्रो अधिवेशनको अन्तिम दिन अर्थात ११ असोज २०७५ मा प्राप्त गरेको थियो । विधेयक प्राप्त भएको दुई महिना भित्र सो विधेयक पारित गरी या सुझावसहित प्रतिनिधि सभामा फिर्ता पठाउनुपर्ने थियो । तर ११ मंसिरसम्म पनि तेश्रो अधिवेशन शुरु नभएपछि सो विधेयक के गर्ने भन्ने संवैधानिक अन्योल भएका कारण राष्ट्रिय सभामै सात महिनासम्म थन्किएर बसेको थियो । राष्ट्रिय सभाले विधेयक केही नगरी १७ वैशाख २०७६ मा प्रतिनिधि सभामा पठाएको थियो ।

त्यसपछि राहदानी ऐनको संशोधन विधेयक प्रमाणिकरणका लागि राष्ट्रपति समक्ष प्रतिनिधि सभाले सिफारिस गरेको थियो । सभामुख महराले राष्ट्रिय सभाका सांसदहरूसँग विधेयकमा भएको ढिलाइबारे आइतबार छलफलसमेत गरेका छन् । आइतबार राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष, उपसभामुख र संसदमा प्रतिनिधित्व गर्ने दलका सचेतकहरुसँगको संयुक्त बैठकमा महराले प्रतिनिधि सभाबाट १० असोज २०७५ मा पठाइएको विधेयक फिर्ताको पत्र १७ वैशाखमा मात्र किन पठाइयो भन्दै प्रश्न गरेका गरेका थिए ।

प्रतिक्रिया दिनुहोस