• एउटै दृष्टि, भिन्न कोण
  • Search

जसले संसदीय मर्यादा र जनताको अपमान गरे !

२०७६ असार ९ गते सोमवार

कांग्रेस सांसद उमाकान्त चौधरीले नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको नाम बंग्याएर बोले । विशेष समयमा बोल्दै उनले भने, ‘जथाभावी कर निर्धारण गरेर कर प्रसाद ओली उपनाम पाएका सम्माननीय प्रधानमन्त्रीज्यूको सरकारको कामकारबाही हेर्दा उहाँले सधैं झूठको आश्वासन दिने, झूठको खेती गर्ने भएकोले अब उहाँको नाम झूठप्रसाद ओली उपनाम दिँदा केही फरक पर्नेवाला छैन ।

यसमा नियमापत्ती जनाउँदै नेकपाका सांसद झपट रावल बोल्न आफ्नो आसनबाट उठे । तर, सभामुख कृष्णबहादुर महराले ‘पछि बोल्नुहोला’ भन्दै रावललाई रोके र चन्दा चौधरीलाई बोल्न समय दिए । त्यसपछि प्रदीप यादव, प्रेम सुवाल र राजेन्द्रकुमार केसी बोलिसकेपछि मात्र रावलको पालो आयो । रावलले पनि पूर्वप्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाको नाम बंग्याइदिए । आफूहरु नेपाली जनताको प्रतिनिधि भएकाले भाषा सभ्य हुनुपर्छ भन्दै उनले भने, ‘प्रतिपक्ष दलको नेता ज्यू, जो हामीले आदर गर्छौं, सम्मान गर्छौं हामीले पनि उहाँको नाम शेरबहादुर नभनेर छेरबहादुर भन्न यदि बाध्य भयौं भने के हुन्छ रु’

अमर्यादित र असभ्य भाषा प्रयोग गरिएको भन्दै रावलले त्यसलाई रेकर्डबाट हटाउन माग गरे ।

प्रतिक्रिया दिनुहोस