• एउटै दृष्टि, भिन्न कोण
  • Search

ओलीले कार्यकर्तालाई बाँडे ४० करोड

२०७६ असार १७ गते मङ्गलवार

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले मापदण्डविपरीत पछिल्लो १६ महिनामा आर्थिक सहायता शीर्षकमा ४० करोड रुपैयाँ वितरण गरेको छ।

औषधी उपचारका लागि भन्दै आर्थिक सहायता पाउनेमा अधिकांश राजनीतिक दलका नेता, कार्यकता, संघसंस्था र पहुँचवाला छन्। सरकारले प्रतिमहिना औसत करिब डेढ करोड रुपैयाँ आर्थिक सहायताका नाममा नेता तथा कार्यकर्तालाई वितरण गरेको पाइएको छ।

सरकारले आर्थिक सहायता शीर्षकमा सबैभन्दा ठूलो रकम गृह मन्त्रालयमार्फत बाँड्ने गरेको छ। ओली २०७४ फागुनमा प्रधानमन्त्री नियुक्त भएदेखि २०७६ जेठसम्म १६ महिनामा विभिन्न मन्त्रालयमार्फत आर्थिक सहायताअन्तर्गत कुल ३९ करोड ८१ लाख ७९ हजार ९ सय १५ रुपैयाँ वितरण गरिएको छ।

उक्त अवधिमा गृहमार्फत साढे २३ करोड तथा साढे १६ करोड रुपैयाँ सङ्घीय संसद सचिवालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, कानुन मन्त्रालय, पर्यटन मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, ऊर्जा मन्त्रालय, शिक्षा मन्त्रालय, उद्योग मन्त्रालय, संघीय मामिला मन्त्रालय र स्वास्थ्य मन्त्रालयबाट वितरण गरिएको छ।

चालु आर्थिक वर्ष २०७५÷७६ साउनदेखि जेठसम्म ११ महिनामा सरकारले करिब २ हजारजनालाई गृहमार्फत १६ करोड १४ लाख ३६ हजार २ सय ४२ रुपैयाँ आर्थिक सहायता बाँडेको छ। See More

प्रतिक्रिया दिनुहोस