गृहमन्त्री रामबहादुर थापा बादलले कञ्चनपुरकी १३ बर्षिया निर्मला पन्तको बलात्कार र हत्या जस्ता घटना रोक्न नसकिने बताएका छन् ।
मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री थापाले यस्ता घटना आज, भोली र पर्सी पनि भइरहने बताए । गृह मन्त्रालयले उक्त प्रकरणमा कुनै ठोस काम गर्न नसकेको भनी आलोचना बढीरहेका बेला मन्त्री थापाको यस्तो भनाई आएको हो । उनले यस्ता घटना अन्य देशमा पनि हुने बताउँदै भने, अमेरिकामा पनि हुन्छ ।