• एउटै दृष्टि, भिन्न कोण
  • Search

सांसदले भने– बर्षमान पुन श्री ३ महाराज !

२०७६ साउन २१ गते मङ्गलवार

काठमाडौं । जुम्लाका सांसद गजेन्द्रबहादुर महतले ऊर्जा, जलस्रोत तथा सिञ्चाईमन्त्री वर्षमान पुन र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई श्री ३ महाराजको संज्ञा दिएका छन् ।

मंगलबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले जुम्लाको विद्युत समस्याबारे कुरा गर्न खोज्दा मन्त्री पुन र घिसिङले फोन नउठाएको र भेट्न समय पनि नदिएको भन्दै आक्रोश पोखे । जुम्ला सदरमुकाम अहिले अन्धकार रहेको भन्दै सांसद महतले भने ‘यति मिडियामा आइसक्यो, यति सामाजिक सञ्जालमा आइसक्यो हामीले यति फोन र्गयौं, हाम्रा श्री ३ महाराजलाई । हाम्रा श्री ३ महाराज को हो भने कुलमान घिसिङ, अर्का श्री ३ महाराज हुनुहुन्छ वर्षमान पुन । उनीहरुले फोन पनि नउठाएको र भेट्न समय पनि नदिएको महतले बताए । यी श्री ३ महाराजको फोन कसरी उठ्ने हो ? भेट कसरी गर्ने हो ? हाम्रो जिल्लाको समस्या कसरी राख्ने उनले सोधे के विद्युत प्राधिकरण छैन नेपालमा, जुम्ला जिल्ला भन्ने छैन ? जुम्लामा अहिले मोवाइल फोन चलाउन पनि समस्या भएको सांसद महतले बताए ।

हामीले यति प्रगति ग¥यौं भनेर यिनीहरु कुर्लेको कुर्ल्यैं छन् । इन्डियालाई बत्ती बेच्छौं भन्दैछन उनले भने कृपया जुम्लालाई बेचिदिनिुस्, तपाईहरुसँग कति विजुली छ, हामीलाई बेचिदिनुस् । जुम्लामा विजुली समस्याको समाधानका लागि अहिले डिजेल प्लान्ट राख्न लागेको भन्दै उनले जुम्लाको समस्या हेरिदिन मन्त्री पुन र कार्यकारी निर्देशक घिसिङलाई आग्रह गरे । उनले अन्तिममा भने यिनीहरुले जहाँबाट कमिसन आउँछ त्यहीँमात्र विजुली विस्तार गर्छन् भन्ने सुनेको थिएँ, आज विश्वास लागेको छ ।
सांसद महतका अनुसार २०३८ सालमा स्थापना गरिएको २ सय किलोवाटको लघु जलविद्युत आयोजना बिग्रेपछि जुम्ला अहिले अन्धकार छ । उक्त आयोजना सञ्चालनमा आउन अझै ३÷४ महिना लाग्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस