• एउटै दृष्टि, भिन्न कोण
  • Search

पूर्वराजाको सुविधा खोस्न प्रचण्डले यस्तोसम्म गर्न भ्याए !

२०७६ साउन २३ गते बिहिवार

काठमाडौं । प्रमुख सत्तारुढ दल नेकपा कम्यूनिष्ट पार्टी नेकपा का शीर्ष नेताहरुले पूर्वराजालाई दिइएको सरकारी सुविधा फिर्ता लिने गरी आन्तरिक छलफल थालेका छन् । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, बरिष्ठ नेता माधवकुमार नेपाल, सचिवालय सदस्य झलनाथ खनाल, बामदेव गौतम र गृहमन्त्री रामबहादुर थापाले पूर्वराजाको सरकारी सुविधा खोस्ने गरी छलफल थालेको स्रोतले बताएको छ । पूर्वराजालार्ई पूर्वराष्ट्र प्रमुखको हैसियतमा दिइदै आएको सुविधा खोस्ने गरी अध्यक्ष दाहालले छलफल थालेका छन् । उनले वरिष्ठ नेता नेपाल, खनाल र गौतमसँग छुट्टा छुट्टै कुराकानी गरेको स्रोतले बताएको छ । बुधवार पूर्वप्रधानमन्त्री समेत रहेका खनालसँग आफ्नै निवास खुमलटारमा ३ घण्टा लामो छलफल गरेका छन् ।

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली देश बाहिर छन् । ओली स्वदेश फर्केलगतै बस्ने नेकपा सचिवालय बैठकको बैठकमा छलफल हुने भएको छ । २८ साउनमा सचिवालय बैठक बस्दैछ ।

प्रतिक्रिया दिनुहोस