• एउटै दृष्टि, भिन्न कोण
  • Search

साझा सद्भाव समूह भारतको संयोजकमा भट्टराई !

२०७६ साउन २९ गते बुधवार

नयाँदिल्ली । साझा सद्भाव समूह भारतको राष्ट्रिय समिति संयोजकमा गंगाप्रसाद भट्टराई चयन भएका छन् । समूहको २ दिनसम्म चलेको छलफलबाट सर्बसम्मतिले भट्टराई संयोजनमा चुनिएका हुन् । साझा सद्भाव समूह भारतको सह–संयोजक दिपक धामि, महासचिवमा जानकी खनाल, सचिब सौजन्य तिमिल्सिना र कोषाध्यक्षमा बिष्णु थापा सर्बसम्मतमा चुनिएको अन्तर्राष्ट्रिय साझा सद्भाव समूहले जानकारी दिएको छ ।

साझा सद्भाव समूह भारतले २ सदस्य सल्लाहकार समिति समेत गठन गरेको छ । महेशराज रेग्मी र निशा जोशी सल्लाकार चयन गरिएको हो । राष्ट्रिय समिति सदस्यहरुमा मिनराज शर्मा, हरिस ढाट, भरत भट्टराई, चन्द्रकला भट्टराई, ओम बस्नेत, प्रकाश बोहोरा, राम बहादुर शाही, जीवन सम्राट, डम्बर भट्ट, मनमोहन कुशवाह, हरि साउद, बिजय थापा हरिन चयन भएका छन् ।

नवगठित सद्भाव समूहका पदाधिकारीहरुले पार्टीको नीति र बिचार अनुरुप साझा सद्भाव समूह भारतलाई सबै राज्य र प्रवासी नेपालीहरु बीच पुर्‍याउने बताएका छन् । सद्भाव समूहकाे राष्ट्रिय समिति गठनमा महत्त्वपूर्ण भुमिका सम्पन्न गर्ने अन्तर्राष्ट्रिय साझा सद्भाव समूहका संयाेजक तथा पार्टी केन्द्रीय सदस्य राजेन्द्रप्रसाद पंगेनीलाई, राष्ट्रिय समिति भारतले धन्यवाद ब्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस