• एउटै दृष्टि, भिन्न कोण
  • Search

बाबुराम र देउवा लम्पसारवादी हुन् : जयशंकर भेट्न होटलसम्म धाए !

२०७६ भाद्र ६ गते शुक्रवार

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले नेपाली कांग्रेसका सभापति देउवा र समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले भारतीय विदेशमन्त्री एस जयशंकरलाई कूटनीतिक मर्यादा नाघेर भेट गरेको आरोप लगाएका छन्।

नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशंकरलाई प्रधानमन्त्री भइसकेका व्यक्तिले होटलमै पुगेर भेट गरेको भन्दै अध्यक्ष थापाले सो भेट लम्पसारवादको नमूना भएको आरोप लगाए। सामाजिक सञ्जाल ट्विटरमार्फत उनले पूर्वप्रधानमन्त्रीद्वयमाथि यस्तो आरोप लगाएका हुन्।

‘फेरि एकपटक देउवा, भट्टराई र यादवले कुटनीतिक मर्यादा र स्वाभिमानलाई उपेक्षा गर्दै लम्पसारवादको नमूना पेश गरे’, सामाजिक सञ्जाल ट्विटरमा पूर्व परराष्ट्रमन्त्री समेत रहेका थापाले लेखेका छन्।

प्रतिक्रिया दिनुहोस