• एउटै दृष्टि, भिन्न कोण
  • Search

भ्रष्टलाई सत्ता दिएर देश कहिल्यै बन्दैन !

२०७६ भाद्र ९ गते सोमवार
  • दिपक धामी

घुसखोरिलाई नाङ्गो बनाउने अभियानमा लागेका व्यक्तिलाई नियाेजित तरिकाले हिरासतमा राख्ने सत्तारुढ विरुद्ध इमान्दार राष्ट्रप्रेमी देशको लागि बलिदान दिन तयार रहने देसभक्तलाई सहि र जिम्मेवारी ठाउँ सम्म पुगाउन विभिन्न ठाउँबाट आफ्नो जिम्मेवारी बहन गर्नुपर्ने अबस्था अाएकाे छ । हामी युवाहरु यी पुराना दलहरुले गरेका कु-कर्म हेरेर बस्नेबेला बिल्कुलै छैन । देशलाई समृद्ध र अनुशासित बनाउने मुख्य दायित्व चेतनशील युवाहरूको हाे । हामिहरु मिलेर परिवर्तन र शान्ति जाेगाउन जुट्नु पर्ने हुन्छ ।

पछिल्लो चरणका गतिविधि बाटपनि प्रस्ट हुन्छ, कि नेपालका पुराना राजनीति दलहरु परिवर्तन र सभ्य समाज चहादैनन् । नियाेजित ढंगले पत्रकार रबि लामिछानेलाई सफाउन खाज्दा, साझा विवेकशील पार्टी बाहेक अरु कुनै दल, ती दलका नेताहरुले बाेलेत ? हाे याे कुरापनि के प्रस्ट हुन्छ भने राम्रो मान्छे फसाउने पुराना भ्रष्ट दलाल दलहरु मिल्दा रहेछन् । अबपनि हामी यी पुराना मण्डलले दलहरुलाई सत्तामा हातमै दिने हाे भने हाम्रो नेपाली समाजकाे बिकसित रुप सपना मात्रै हुनेछ । त्यसकारण बेलैमा नेपाली युवाहरुले देश र जनताका साेच्ने अबसर अाएकाे छ ।

धामी: साझा सद्भाव समूह भारतका केन्द्रिय सह- संयोजक हुन् ।

प्रतिक्रिया दिनुहोस