• एउटै दृष्टि, भिन्न कोण
  • Search

देशमा विप्लवबाट भन्दा कम्युनिस्ट सरकारबाट धेरै खतरा : गगन

२०७६ भाद्र ११ गते बुधवार

प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसका युवा नेता गगन थापाले देशमा विप्लवबाट भन्दा कम्युनिस्ट सरकारबाट धेरै खतरा रहेको बताएका छन् । थापाले कम्युनिस्टहरूलाई विश्वास गर्न नसकिने बताए । ‘धार्मिक यात्रा गरिरहेका राजा र बैकल्पिक शक्ति भन्ने विप्लपबाट भन्दा बढी खतरा छ भने सरकारबाट संविधानमाथि ठूलो खतरा छ’, उनले भने।

नेपाली कांग्रेसको नेतृत्वमा संविधान बनेको र शान्ति प्रक्रियाको बाटो पनि कांग्रेसले थालनी गरेको बताउँदै युवा नेता थापाले संविधान बनाएर कांग्रेसले हालेको जग अहिले कम्युनिस्ट सरकारले भत्काउन थालेको आरोप लगाए । ‘संविधान बनाएर जग हाल्यौँ, अहिले एक तलाको घर बनाउन जिम्मा कम्युनिस्टलाई जनताले दिए । तर, घरको तला थप्न छाडेर सरकारले अहिले जग खन्न तिर लाग्यो’, उनले भने, ‘घर बनाउने जिम्मा पाएको पार्टीले आधारभुत काम पनि गर्न सकेन ।’

सरकारले संविधान, लोकसेवा आयोग, कानून, अदालत केही नमानेको थापाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस