काठमाडौं । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरालाई पदबाट राजीनामा दिन निर्देशन दिनुभएको छ ।
प्रधानमन्त्री ओलीले अध्यक्ष पुष्पकमल दाहालसँगको छलफलपछि सभामुखलाई राजीनामा दिन निर्देशन दिनुभएको हो ।
सभामुख महरा यौन दुराचार प्रकरणमा मुछिएपछि त्यसबारे प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीचे मंगलबार बिहानै छलफल भएको थियो । छलफलपछि सभामुख महारालाई राजीनामा दिन निर्देशन दिनुभएको प्रेस सल्लाहकार डा। कुन्दन अर्यालले जानकारी दिनुभएको छ । यौन प्रकरणमा मुछिएपछि सभामुख महराको सर्वत्र आलोचना भइरहेको छ ।