• एउटै दृष्टि, भिन्न कोण
  • Search

नेपालीलाई सजिलै नागरिकता मिलिरहेको छ: गृहमन्त्री शाह

२०७६ मङ्सिर २४ गते मङ्गलवार

भारतीय गृहमन्त्री अमित शाहले नेपाली नागरिकहरुलाई भारतमा सजिलैसँग नागरिकता मिलिरहेको दाबी गरेका छन् । मन्त्री शाहले सन् १९५० को सन्धीको हवाला दिँदै भारतमा नेपालीहरुले नागरिकता पाइरहेको बताएका हुन् ।

भारतमा राष्ट्रिय बहस र विवादको विषय बनेको नागरिकता संशोधन विधेयकमाथि उठेका प्रश्नहरुको जवाफ दिन गृहमन्त्री शाह सोमबार राति भारतीय तल्लो सदन लोकसभामा उपस्थित भएका थिए । सदनमा गर्मागर्मी बहस र होहल्लाका वीच एक घण्टाभन्दा बढी समय बोलेका गृहमन्त्री शाहले नेपालको सन्दर्भसमेत कोट्याए । Read More

प्रतिक्रिया दिनुहोस