नेपालमा बसेर अवैध गतिविधिमा संलग्न चिनियाँ गिरोहसँग भेटकोे खुलेपछि प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल संकटमा परेका छन् । दृष्टि न्यूजले समाचार प्रकाशित गरेको छ । नेकपाका युवा नेताहरुको एक समुहले चिनियाँ गिरोहका नाइकेलाई लगेर भेटाएको खुलेको छ । सो गिरोहले नेपालमा प्रहरीसँग सेटिङ मिलाएर अवैध काम गर्दै आएको आशंका गरिएको छ । सो गिरोहको कनेक्सन प्रहरी महानिरीक्षक खनालका साथै उर्जामन्त्री वर्षमान पुनसँग समेत रहेको सार्वजनिक भएको छ ।
२०८१ चैत्र २ गते शनिवार