फाल्गुन २५ , भक्तपुर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सम्बद्ध दुई विद्यार्थी संगठनबीच एकता भएपछी बनेको अनेरास्ववियू सानोठिमी क्याम्पस कमिटीको संयोजकमा प्रकाश केसी चयन हुनुभएको छ ।
छ्त्रेश्वरी गाउँपालिका ०२ सल्यानमा जन्मिनु भएका केसी २०६३ सालमा सर्बप्रथम भानुभक्त माध्यमिक विद्यालय दमाचौर स्कुल कमिटीमा आबद्ध हुनुभयो । अध्ययनको क्रममा उहाँ भक्तपुरको सानोठिमी क्याम्पसमा प्रवेश गर्दै गर्दा उहाँ २०६४ सालमा सानोठिमी क्याम्पस कक्षा कमिटी सदस्य हुँदै २०६५ सालमा अखिल ९क्रान्तिकारी० सानोठिमी क्याम्पसको सदस्य हुनुभएको थियो ।
यसैगरी २०७१ सालमा क्याम्पस कमिटी उपाध्यक्ष हुँदै २०७३ सालमा सानोठिमी क्याम्पसको अध्यक्ष र २०७४ सालमा भक्तपुर जिल्ला कमिटी उपाध्यक्ष भई नेतृत्व गरिरहनुभएका केसि एकदशक भन्दा लामो विद्यार्थी राजनीति गर्दै आउनुभएको छ ।
पूर्वमाओवादी निकट अखिल (क्रान्तिकारी) सानोठिमी क्याम्पसको नेतृत्व गर्दै आउनुभएको केसी हाल एकता प्रक्रियाबाट बनेको संयुक्त अनेरास्ववियू सानोठिमी क्याम्पस कमिटिको संयोजकमा चयन हुनुभएको छ । बिज्ञान विषयलिइ उनिले आफ्नो पढाई स्नातकोत्तर तह उतिर्ण गरिसकेका छ्न ।