• एउटै दृष्टि, भिन्न कोण
  • Search

भ्रष्टाचार बढ्यो, प्रेसले खबरदारी गर्नुपर्‍यो !

२०७७ जेष्ठ १३ गते मङ्गलवार

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लकडाउनको बेलामा अनियमितता, बेथिती र भ्रष्टाचार बढ्दै जाने खतरा देखिएको बताएका छन् । नेपाल प्रेस युनियनको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले लकडाउनमा समाजका गतिविधि बन्द हुँदा बेथिती र भ्रष्टाचारसँगै अलोकतान्त्रिक गतिविधि बढ्दै जाने देखिएकाले सञ्चार माध्यमले खबरदारीको भूमिका बढाउन जरुरी रहेको बताए ।

कोरोना महामारी रोकथाममा सरकारले प्रभावकारी काम नगरेको भन्दै देउवाले सञ्चार माध्यमले सरकारलाई खबरदारी गर्न छोड्न नहुने बताए । ‘लकडाउन भएको दुई महिना पूरा भयो, पर्याप्त परीक्षण छैन । क्वारेन्टाइन कि गाई गोठ सोध्नुपर्ने स्थिति छ । पर्याप्त स्वास्थ सामग्री छैन । अत्यावश्यक राहतको उचित ब्यवस्थापन छैन । बिदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई उद्दार गर्ने कुनै योजना छैन । यस्तो स्थितिमा मिडियाले अझै खरो ढंगले आवाज उठाउन जरुरी छ’ उनले भने ।

प्रतिक्रिया दिनुहोस