• एउटै दृष्टि, भिन्न कोण
  • Search

नेपाल भन्छन्- ‘चुनाव हार्दैमा नेताले ५ बर्ष पर्खनु पर्दैन’

२०७७ भाद्र २९ गते सोमवार

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता माधवकुमार नेपालले चुनाव हारेका नेतालाई राष्ट्रिय सभामा लैजानु जायज भएको बताए। पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले चुनाव हार्दैमा नेताले ५ बर्ष पर्खनुपर्ने तर्क अनुचित भएको बताए ।

‘नेताले चुनाव हार्दैमा ५ बर्ष पर्खनुपर्छ भन्ने कुरा गलत रहेकाे बताए। नेतालाई आवश्यकताले जहाँ पनि ल्याउन सकिन्छ,’ कान्तिपुर टेलिभिजनसँगको कुराकानीमा नेता नेपालले भने। उनले चुनाव हारे पनि नेतालाई पदमा ल्याउन कुनै बाधा नहुने जिकिर गरे।

‘चुनावमा त जीत हार भइरहन्छ, कुन ठुलो कुरा भयो र? चुनावमा हारजीत भइरहन्छ, हार्ने बित्तिकै पद पाइदैन भन्ने कुरा गलत हो, चुनावमा टेक्निकल्ली हार्ने बित्तिकै जनताबाट पुरै अस्वीकृत भयो भन्ने ठान्नु हुँदैन, उस्को आवश्यकता के छ, नेशनले के महसुस गरेको छ? तपाई जो सुकैलाई खोज्न त जाँदैनन नि। तपाईलाई बनाई दिनुपर्यो भनेर हुन्छ? तपाई जतिसुकै टाउको फोडे पनि, रुए पनि, कराए पनि, कचिच्च्याए पनि दिँदैनन, तर किन खासखास नेतालाई दिन्छन त ?,’ नेपालले भने।

प्रतिक्रिया दिनुहोस