• एउटै दृष्टि, भिन्न कोण
  • Search

गौतमलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय

२०७७ भाद्र २९ गते सोमवार

सरकारले राष्ट्रिय सभाको रिक्त सदस्य पदमा नेकपाका उपाध्यक्ष वामदेव गौतमको नाम सिफारिस गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठक गौतमको नाम राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

राष्ट्रियसभामा राष्ट्रपतिले सरकारका तर्फबाट मनोनित गर्ने तीन सदस्यमध्ये एक पद खाली रहेको छ।

युवराज खतिवडाको पदावधि समाप्त भएपछि खाली रहेको सिटमा गौतमलाई सिफारिस गरिएको हो।

सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ।

नेकपाको सचिवालयले यो सिटमा गौतमलाई सिफारिस गर्ने निर्णय यसअघि नै गरेको थियो।

प्रतिक्रिया दिनुहोस