• एउटै दृष्टि, भिन्न कोण
  • Search

सचिवालयका कर्मचारीलाई कोरोना देखिएपछि देउवा आइसोलेसनमा

काठमाडौ २०७७ असोज १ गते बिहिवार

निजी सचिवालयमा कार्यरत एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि कांग्रेस सभापति शेरबहादुर देउवा आइसोलेसनमा बसेका छन्।

ती संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेका सचिवालयमा कार्यरत अन्य चार जनाको रिपोर्ट भने नेगेटिभ आएको स्वकीय सचिव भानु देउवाले जानकारी दिए।

उनका अनुसार देउवाको शुक्रबार स्वाब परीक्षण गरिने छ। देउवा होम आइसोलेसनमा बसेसँगै बिहीबारका लागि तय भएको सत्तारुढ र प्रमुख प्रतिपक्ष दलबीचको छलफल पनि स्थगित भएको छ।

बिहीबार सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्ष दलबीच संवैधानिक निकाय र विश्वविद्यालयमा रिक्त रहेका पदमा नियुक्तिका बारेमा छलफलका लागि बैठक तय गरिएको थियो।

देउवाको कोरोना परीक्षणको रिपोर्ट आएपछि मात्र बैठक बस्ने कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस