• एउटै दृष्टि, भिन्न कोण
  • Search

मन्त्रिपरिषद् पुनर्गठन गर्ने नेकपाको निर्णय

काठमाडौ २०७७ असोज ४ गते आइतवार

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद् पुनर्गठन हुने पक्का भएको छ। तर, को–को हट्ने, को–को मन्त्री बन्ने भन्ने छलफल हुन बाँकी नै छ।

पार्टी कार्यालय पेरिसडाडाँमा आइतबार बसेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा नेताहरु सरकारलाई प्रभावकारी बनाउन मन्त्रिपरिषद् पुनर्गठन गर्ने निष्कर्षमा पुगेका हुन्।

बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष ओलीले मन्त्रिपरिषद् पुनर्गठनको तीन विकल्प पेश गरेको स्रोतले जनाएको छ।

पहिलो : अहिलेका सबै मन्त्रीलाई हटाउने

दोस्रो : सुरुमा मन्त्री भएकाहरुलाई हटाउने

तेस्रो : केही मन्त्री हटाउने र केहीलाई निरन्तरता दिने

बैठकमा अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित अधिकांश नेताले सबै मन्त्रीलाई एकसाथ हटाउन नहुने धारणा राखेका छन्।

‘सबै मन्त्रीलाई हटाउने भन्दा पनि राम्रा काम गरेकाहरुलाई निरन्तरता दिनुपर्छ’ प्रचण्डले भनेका छन्, ‘तर धेरै नयाँ राख्नु उपयुक्त हुन्छ।’

वरिष्ठ नेता झलनाथ खनाल उपाध्यक्ष बामदेव गौतम, नारायणकाजी श्रेष्ठ प्रकाशलगायतले पनि सबैलाई हटाउनुभन्दा राम्रा काम गरेका र योग्यलाई निरन्तरता दिनुपर्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस