नेपाल कम्यूनिष्ट पार्टी ५ नं प्रदेश संसदीय दलको बैठक सम्पन्न भएको छ । बैठकले प्रदेशको स्थाइ राजधानी दाङ जिल्लाको देउखुरी उपत्यका र नाम लुम्बिनी प्रदेश सरकारको प्रस्तावलाई समर्थन गरेर जाने निर्णय गरेको छ । बैठकमा नेकपा प्रदेश ५ का ६२ जना सांसद मध्ये १४ जना सांसदले आपत्ति जनाएका थिए । रुपन्देही,कपिलबस्तु, पाल्पा लगाएतका १४ सांसदले बैठक पुस्तिकामा नोट अफ डिसेन्ट लेखेका छन ।
आज शनिवार ५ नं प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको निवासमा बसेको बैठकले प्रदेश सरकारले संसदमा पेस गरेको प्रस्तावको पक्षमा सहमति जनाउने निर्णय गरेको हो ।
नेकपा संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालका अनुसार सबैको भावनालाई समेटेर प्रदेशको राजधानी दाङ गराउने सरकारको निर्णयलाई समर्थन गरेर अगाडि बढ्ने निष्कर्ष निकालेको जानकारी दिए ।
बैठकमा प्रदेश राजधानी दाङ र नामांकरण लुम्विनीको पक्षमा मतदान गर्नुपर्ने, पार्टीले ह्वीप जारी गर्ने र त्यसविरुद्ध उभिए कारवाही समेत हुन निर्णय गरेको बताए ।