प्रदेशसभाको मंगलबारको बैठकमा भएको मतदानबाट दुई तिहाइ बहुमतका साथ दाङको देउखुरी प्रदेश नम्बर ५ को स्थायी राजधानी टुंगो लागेको छ ।
प्रदेश नम्बर ५ सरकारले सदनमा प्रस्तुत गरेको स्थायी राजधानी देउखुरी राख्ने प्रस्तावमा पक्षमा प्रतिपक्ष दल नेपाली काँग्रेसका ५ सांसदले मतदान गरेका छन् ।
दाङका डिल्ली चौधरी, बाँकेका मोहम्मद याकुव अन्सारी, बर्दियाका सांसद भुवनेश्वर चौधरी, शंकर गिरी र अर्जुन श्रेष्ठले देउखुरीको पक्षमा मतदान गरेका हुन् । प्रदेशसभामा कांग्रेसका १९ सांसद छन् । जसमध्ये १३ जनाले दाङ राजधानी राख्ने विपक्षमा मतदान गरेका हुन् ।
प्रदेशसभा सांसद सुरेन्द्र हमाल काठमाडौँमा रहेका कारण मतदानमा सहभागी भएका छैनन् ।

