• एउटै दृष्टि, भिन्न कोण
  • Search

घनश्याम भूसालको नजरमा-नेकपाले साख जोगाउन सात ऐतिहासिक अवसर

काठमाडौ २०७७ असोज २२ गते बिहिवार

अहिले नेकपाका नेता घनश्याम भूसालको नजरमा नेकपाले देशकोलागि केहि गरेर साख जोगाउनकोलागि ऐतिहासिक अवशर भएको बताएका छन । उनिले देखेका सात ऐतिहासिक अवशरलाइ यहाँ क्रमश प्रस्तुत गरिएको छ ।

पहिलो- निरन्तर विस्तारित वाम जनमत। किन वाम जनमत विस्तारित भएको छ भन्ने अर्थ राजनीति र भूराजनीतिक पाटोमा पछि बहस गरौंला। पटक पटक विभाजित भएर पनि जनमत यसका वरिपरि छ। तथ्य के हो भने यो निरन्तर विस्तारित भइराखेको छ।

दोश्रो- संसदीय राजनीतिमा पार्टीले प्राप्त गरेको भोट र राजनीतिक मत। संसदमा दुई तिहाइ उपस्थिति। छ प्रदेशमा सरकार। यो नेकपाका लागि अवसर हो।

तेश्रो- राष्ट्रिय संगठन। यतिबेला संगठनका हिसाबले नेकपामा ठूलो जालो छ। पार्टीका जरा सामाजिक जीवनमा छन्। वन उपभोक्ता समिति, कुलो पानी उपभोक्ता समिति, वस्ती, टोल, छिमेकदेखि कर्मचारीसम्मका सामाजिक जीवनका तमाम क्षेत्रमा विस्तार भएको छ।

चौंथो- शान्तिपूर्ण आन्दोलनको प्रक्रियाबाट साथसाथै विद्रोहबाट आएका, उथलपुलथ गराएका, नेता कार्यकर्ताको ठूलो पंक्ति नेकपासँग छ। दुई वटै आन्दोलन पार गरेका हजारौं मान्छेको अनुभवबीच फैलिनु अर्को अवसर हो।

पाँचौं- अहिलेको संविधान। लोकतान्त्रिक स्थिरताका साथ राष्ट्रिय पुँजीको विकास र समाजवादको तयारीका लागि धेरै ठूलो अवसर संविधानले जुटाएको छ। त्यसले घोषणा नै गरेको छ, देश समृद्ध हुन्छ र समाजवाद उन्मुख हुन्छ। अझ संविधानमा राखिएका मौलिक हकमार्फत् समाजलाई, राजनीतिलाई समाजवादीकरण गर्ने अवसर संविधानले दिएको छ। यद्यपि संविधानवादका हिसाबले यो समाजवादी हो कि गैरसमाजवादी भन्ने बहस गर्ने ठाउँ भने प्रशस्त छ। तर, समाजवाद निर्माण गर्छौं भन्ने पार्टीका लागि संविधान ठूलो अवसर हो।

छैठौं- भूराजनीति यतिबेला हाम्रालागि डरलाग्दो चुनौती भइराखेको छ। तर अर्को अर्थमा मैले यसलाई अवसर देख्छु। यदि स्थिर लोकतान्त्रिक वामपन्थी सरकार हुने र भित्र त्यस्तै संगठन निर्माण हुने हो भने त्यो अवसर बन्न सक्छ। अझ संगठन एकतावद्ध बनाउने हो भने यसले भूराजनीतिक अवस्थितिलाई सामना गर्छ।

सातौं- नेकपाले यतिबेला सैद्धान्तिक रूपमा लोकतान्त्रिक बाटोबाट जान स्वीकार गरेको छ। कार्यक्रमका हिसाबले राष्ट्रिय पुँजीको विकास गर्ने र समाजवादको तयारी गर्ने विषयलाई स्वीकारेको छ। यसमा विवाद छैन। हाम्रो भूराजनीति अवस्थितिबीच यत्रो ठूलो नेकपाभित्र कार्यदिशामा सैद्धान्तिक सहमति हुनै नै पनि ठूलो विषय हो।

प्रतिक्रिया दिनुहोस