• एउटै दृष्टि, भिन्न कोण
  • Search

रोल्पामा राष्ट्रिय यूवा संघ नेपालले पूर्णता पायो

रोल्पा २०७७ असोज २३ गते शुक्रवार

रोल्पा जिल्लामा राष्टिय यूवा संघ नेपालले पूर्णता पाएको छ । जिल्ला समितिमा पूर्व माओवादी केन्द्र निकट वाइसिएलबाट ३६ जना र पूर्व एमाले निकट युवा संघ नेपालकाबाट २५ जना गरी ६१ जना रहेका छन् ।

राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य एवं रोल्पा जिल्ला इन्चार्ज रितमान पुनमगर ‘अग्रिम’ ले राष्टिय यूवा संघ जिल्ला समितिको नामहरु प्रस्तुत गरेका थिए। भने राष्ट्रिय युवा संघका नेता एवं कार्यक्रमका विशिष्ट अतिथि गणेश शाहीले गठित जिल्ला कार्य समितिलाइ सपथ ग्रहन गराएका थिए ।

राष्टिय यूवा संघ नेपालको जिल्ला संयोजक कृष्ण कुमार नेपाली, सह संयोजक मनोज बुढामगर, इन्चार्ज रितमान पुनमगर, सह इन्चार्ज पूर्ण खड्का रहेका छन ।

राष्ट्रिय युवा संघ नेपाल नव गठित रोल्पा जिल्ला समितिहरूको यस्तो रहेको छ ।

प्रतिक्रिया दिनुहोस