• एउटै दृष्टि, भिन्न कोण
  • Search

नेकपाको सरकार सफल बनाउन युवा संघको महत्वपूर्ण भूमिका: क.सिजल

राेल्पा २०७७ असोज २३ गते शुक्रवार

लुम्बीनी प्रदेशसभा सदस्य दीपेन्द्र कुमार पुननमगर ‘सिजल’ले नेकपा नेतृत्वको सरकारलाई सफल बनाउनको लागि राष्ट्रिय युवा संघको महत्वपूर्ण भूमिका रहेको बताएका छन । सरकारले गरेका राम्रा कामको बारेमा जनतासम्म सन्देश लिने, सुधारर्नुपर्ने विषयलाई सुझाव दिएर सफल बनाउनकोलागि युवा संघ गम्भिर बन्नुपर्ने बताएका हुन।

राष्ट्रिय युवा संघ रोल्पाको सपथ ग्रहण तथा प्रथम बैठकलाई संम्वोधन गर्दै प्रमुख अतिथि दीपेन्द्र कुमार पुनमगरले यस्तो बताएका हुन। युवाहरु राजनीतिक रुपमा सुझबुझ ढंगले परिचालित हुनुपर्ने तथा युवाहरु भनेको उदाउँदो सुर्य झै सबैलाई प्रकाश दिने गरी काम गर्नुपर्ने बताए ।

प्रदेशको राजधानीको विषयमा प्रदेश सरकारकाले विवेकपूर्ण तरिकाले प्रदेशवासी सबैको हितमा निर्णय गरेको दावी गर्दै, यसमा प्रदेशबासी नै खुशी अवस्था रहेको बताए ।  “हामीले प्रदेशबासीको हितमा प्रदेश राजधानीको बारेमा निर्णय गरेका छौँ, पश्चिम नवलपरासी र पश्चिम चिसापानीबाट करिव बीच भागमा बनाएका छौँ, त्यसमा सबै खुशी हुन पर्दछ । सबैको आफ्नो घरमा भयो भने राजधानी ठिक हुने भए पनि त्यसो सम्भव भएको छैन।,

प्रदेश राजधानी र नामको सिफारीसकोलागि समितिको संयोजकको जिम्मेवारी दिएर यो गौरवपूर्ण जिम्मेवारी निर्वाह गर्न पाएकोमा जिम्मेवारी दिने सबै पक्षलाइ धन्यवाद दिन्छु। हामीले सिफारीस साथ सरकारले प्रस्ताव गरेकै स्थानमा प्रदेश सदस्यहरुहरुले मत जाहेर गर्नुभएकोमा सबै प्रदेश सदस्यहरुलाई धन्यवाद दिए।”

हाल सरकारले जनताको पक्षमा धेरै राम्रा कामहरु गर्दा पनि जनताको पहुँचसम्म सकारत्मक ढंगले प्रचार गर्ने संगठन नभएकोमा आगामी दिनमा रोल्पा जिल्लामा सरकारले गरेको राम्रा कामको बारेमा जनतासम्म सन्देश लिन र कमी कमजोरी भएकोमा समीक्षात्मक रुपमा छलफल गरी सुझाव दिनका लागि युवाहरुलाई संगठित गर्न आवश्यकता रहेको थियो । जनताको पक्षमा काम नगरेमा एक पटक मात्रै दुइ तिहाई भएर पनि काम नहुने भन्दै जनतालाई सुसुज्जित गर्नका लागि युवाहरुले सचेत पहल गर्नुपर्ने बताए।

समाजमा रहेको विभेद, बिकृति, विसंगतिको विरुद्धमा निर्भिक भएर लड्दै समाज रुपमान्तरणका लागि युवाहरुले सामाजिक आन्दोलनको नेतृत्व गर्नका समेत गर्नुपर्ने अवस्था छ । पार्टीको नीति तथा कार्यक्रमलाई सफल पार्नका लागि यूवाहरु एक ढिक्का हुनुको बिकल्प नरहेको बताए। प्रभावशाली यूवानेताहरुले जहिले पनि राजनीति गतिलाई सही दिशामा अगाडि बढ्नका लागि जिम्मेवा बन्नु पर्ने र रोल्पालाई कम्युनिष्टको किल्ला स्थापित गर्नका लागि समय दिन आह्वान गरे ।

प्रतिक्रिया दिनुहोस