• एउटै दृष्टि, भिन्न कोण
  • Search

ओलीले पुनः पार्टी फुटाउन सहज हुनेगरी अध्यादेश ल्याउन लागेको भन्दै खुमलटारमा हल्लीखल्ली

काठमाडौ २०७७ कार्तिक १६ गते आइतवार

नेकपामा विवाद उत्कर्षमा पुगेपछि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः पार्टी फुटाउन सहज हुनेगरी अध्यादेश ल्याउन लागेको खुमलटारमा चर्चा चलेको छ।

आइतबार अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा खुमलटारको भेलामा उक्त विषयमा समेत चर्चा भएको पार्टी स्रोतले दाबी गरेको छ। स्रोतका अनुसार ‘ओली जसरी हुन्छ आफू सत्तामा टिकिराख्ने र शक्तिशाली बन्ने दौडमा छन्। पार्टी फुटाएर भएपनि प्रधानमन्त्री बन्ने उनको चाहनाले गर्दा पार्टी संकटमा भासियो। यो बारेपनि बैठकमा समीक्षा भएको छ।’

नेकपाका महासचिव विष्णु पौडेलले नै नेकपा एकताको संकटमा रहेको बताईसकेका छन् । ‘पार्टी एकता सम्पन्न भएसँगै हाम्रो सामु एक वर्षभित्र महाधिवेशन आयोजना गर्ने र सुदृढ एकताका साथ अघि बढ्ने जिम्मेवारी उपस्थित थियो । तर, आजसम्म आईपुग्दा पनि पार्टी एकताको बाँकी काम पूरा हुन नसकेको मात्र होइन, पार्टीको एकीकृत तथा अविभाज्य अस्तित्वमाथि समेत बारम्बार प्रश्न उठेको छ । यतिबेला पार्टी एकता गंभीर संकटको मोडमा आईपुगेको छ ।’ उनले भनेका थिए ।

ओलीले गत वैशाखमा दल विभाजन र संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएपछि पार्टीमा विवादले उग्ररुप लिएको थियो।

प्रतिक्रिया दिनुहोस