पूर्वि रोल्पामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गर्ने लहर चलेको छ। रोल्पा नगरपालिका वडा नं. ५ जेदबाङमा नेपाली कांग्रेसका ५९ जना सक्रिय कार्यकर्ता पार्टी परित्याग गरी नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् ।
पार्टी प्रबेश कार्यक्रममा नेकपा रोल्पाका अध्यक्ष सुरेन्द्र थापा घर्तीमगर र सचिव हरीप्रसाद घर्तीमगरले अबिर फूलमाला लगाएर प्रवेश गराए । २०७४ सालमा नेपाली कांग्रेसबाट वडा सदस्यमा उमेरद्वार बनेका अमृता पुनमगर र सक्रिय तरुणदलका नेता मोहन घर्ती लगायत ५९ जना प्रवेश गरेका थिए। जेदङबाङको सम्पूर्ण विकासमा निर्माणमा नेपाल कम्यनिष्ट पार्टी (नेकपा) नै गरेको र नेपाली कांग्रेसले जनताका समस्यामा हातेमालो नगरेकोले आफूहरु पनि नेकपा नव प्रबेशि मोहन घर्तीमगरले बताए।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रोल्पाका अध्यक्ष सुरेन्द्र थापा घर्तीमगरले नेपाल कम्युनिष्टले नै देश र जनताको सपना पूरा गर्न लागिपरिरहेको जेदबाङबासीको विकासमा सधै पार्टी सधै अगाडी लागिरहेको बताए। “वडा कार्यालयसम्मको सडक विस्तार, वडाका विभिन्न गाउँमा सडक निर्माण, विजुली, खानेपानी, लगायतको विकासमा लागि परेका छौ। अब रोल्पा र दाङ जोड्ने कोछापको मोटर बाटो, जेदबाङ लिबाङ जोड्ने माडीखोला लाल्टिबाङमा मोटरेवल पुल निर्माण लगायतको काम तिव्रतामा अगाडि बढेको छ।” उहाँले देशमा संघीय, गणतन्त्र, धर्मनिरपेक्ष लगायतको एजेण्डामा नेकपाको नै भएको बताउँदै त्यसलाई अझै सृद्धित एवं विस्तार गर्नुपर्ने भएकाले सबैलाइ जेदबाङको विकासका लागि एकता हुन आग्रह गरे ।