• एउटै दृष्टि, भिन्न कोण
  • Search

बंगलाचुलीमा नेकपा प्रबेश गर्नेको लहर १८ जनाले काग्रेस परित्याग गरे

२०७७ मङ्सिर १७ गते बुधवार

बंगलाचुली गाँउपालिकामा बिभिन्न रित्याग गरि नेकपा प्रबेश गर्नेको लहर चलेको छ । यसै सन्दर्भमा मंगलबार बंगलाचुली गाउँपालिका वडा नंम्वर २ मा नेपाली काग्रेस परित्याग गरी १८ जनाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका हुन् । बंगलाचुली गााउपालिका वडा नम्वर दुईमा रहेका नेपाली काग्रेस समर्थित पुनाराम थकाली(मिलन), शुरेष वि.क. ,पूर्ण बहादुर घर्ती,ओम बहादुर घर्ती, सुस्मिता वि.क.को नेतृत्वमा १८ जना नेपाल कम्युनिष्ट पार्टि (नेकपा)मा प्रवेश गरेका हुन् । पार्टि प्रवेश गर्नेहरुमा पुनाराम वि.क,तेजमान थापा,कमल सुनार, सन्तोष थापा, पुने थापा,सुर्य वि.क.दिपक वि.क. लगाएतका रहेका छन् ।

मंगलबार बंगलाचुली गाउँपालिका वडा नं.-२ को बुढीपोखरामा एक कार्यक्रमको आयोजना गरी उनिहरुलाई पार्टी पर्वेश गराईएको थियो । यसैविच पार्टी प्रवेश कार्यक्रममा बोल्दै कार्यक्रमका अतिथीहरुले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)गरिव दुखी जनताको पक्षमा लड्दै आएको पार्टी भएको हुँदा सबै वर्गको रोजाईमा नेकपा परेको बताएका छन् । उनिहरुले सर्वहारा वर्गको अविभावक नै नेकपा रहेको हुँदा सबै जनताले साथ सहयोग र खबरदारी गर्न आवश्यक रहेको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बंगलाचुली गाउँपालिका वडा नं-२ वडा कमिटी अध्यक्ष घनश्याम घर्ती मगरको अध्यक्षता एवं नेकपा जिल्ला कमिटी सदस्य तथा बंगलाचुली गाउँपालिका अध्यक्ष भक्त बहादुर वलीको प्रमुख आतिथ्य आतित्यमा पार्टि प्रवेश कार्यक्रम सम्पन्न भएको थियो । नेकपा दुईनंम्वर क्षेत्र “क” का सचिवालय सदस्य तथा बंगलाचुली गाउँपालिका उपाध्यक्ष यमुना घर्ति थापामगर, नेकपा पुर्व जिल्ला समिति सदस्य गिर बहादुर कवर मगर,नेकपा बंगलाचुली गाउँ कमिटी सिचव पुष्पराज भण्डारी, लगाएतले नव प्रवेशिहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस